Tuesday, October 27

नेपाली सेनाले ल्यायो नयाँ नियम, प्रधानसेनापति राजेन्द्र क्षत्रीले गरे यस्तो घोषणा

काठमाडौं – नेपाली सेनाले सय वर्षभन्दा माथिका भूतपूर्व सैनिकलाई मासिक १० हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। शुक्रबार पूर्वी पृतनामा मोरङ, सुनसरी, झापा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका भूपू सैनिक सैनिक सम्मलेनको समापन कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उक्त घोषणा गरेका हुन्।

२०७४ माघ महिनाबाट लागू हुने गरी सैनिक कल्याणकारी कोषबाट ९० वर्षदेखि ९९ वर्षसम्म उमेर पुगेका भूतपूर्व सैनिकलाई पूर्व शताब्दी मासिक भत्ता तीन हजार रुपैयाँ र ९९ वर्षमाथिकालाई शताब्दी मासिक भत्ता १० हजार रुपैयाँ दिने निर्णय भएको उनले जानकारी दिए।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा संचालन भएको उक्त सम्मेलनमा छ जिल्लाका तीन हजार ५५० जना भूतपूर्व सैनिक तथा निवृत्तभिरणमा रहेका परिवारको उपस्थिति थियो।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा संचालन भएको उक्त सम्मेलनमा छ जिल्लाका तीन हजार ५५० जना भूतपूर्व सैनिक तथा निवृत्तभिरणमा रहेका परिवारको उपस्थिति थियो।

-ताजाखबरबाट।