Thursday, September 24

पत्रकार रबि लामिछाने लगायत १०० जना ब्यक्तिहरु सम्मानित

न्यूज २४ टेलिभिजनकर्मी रवि लामिछानेसहित विभिन्न क्षेत्रका सय व्यक्ति सम्मानित
अनुप प्रकाश पौडेल,

कास्की । न्यूज २४ टेलिभिजनकर्मी रवि लामिछाने सहित विभिन्न क्षेत्रका १०० जना व्यक्तिलाई शनिवार पोखरामा सम्मान गरिएको छ । नेपालको विभिन्न क्षेत्रमा विशेष योगदान गरेका एक सय जना व्यक्तिलाई नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान गरिएको हो ।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरी सय जनालाई सम्मान गरिएको हो । कार्यक्रम आयोजक संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका अनुसार व्यक्तिगत हितभन्दा माथि उठेर देश र समाजको लागि योगदान गरेका आधारमा सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्वलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रदेश नं ४ का प्रमूख बाबुराम कुवर, मूख्य मन्त्री पृथ्वी सुब्बा र पोखरा लेखनाथ महानगर पालिकाका प्रमूख मानबहादुर जिसीले सम्मान गरेका थिए ।

सम्मानित व्यक्तित्वलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रदेश नं ४ का प्रमूख बाबुराम कुवर, मूख्य मन्त्री पृथ्वी सुब्बा र पोखरा लेखनाथ महानगर पालिकाका प्रमूख मानबहादुर जिसीले सम्मान गरेका थिए ।

सम्मानित हुनेमा सिधाकुरा जनतासँगका संचालक रवि लामिछाने सहित, मह जोडी, धुर्मुस सुन्तली, डा. भगवान कोइराला, राजेश हमाल, केदारभक्त माथेमा लगायत रहेका छन् । कार्र्यक्रममा उपराष्ट्रपति पुनले आर्थिक संम्वृद्धिक लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

त्यसैगरी आयोजक संस्थाका डिष्टिक गर्भनर धनराज आचार्यले संसारको सबैभन्दा ठुलो सामाजिक संस्थाका रुपमा लायन्सले विभिन्न क्षेत्रमा योगदान दिएको बताउनु भयो । कार्यक्रममा सम्मानित व्यक्तिकको तर्फबाट हरिवशं आचार्यले मन्तव्य दिनुभएको थियो ।