Wednesday, December 19

जन प्रीय नेता लालबाबु पण्डीत ले गरे अहिलेसम्म कै ठुलो काम को घोषणा.

काठमाडौं : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यकामा साइकल लेन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।सानेपास्थित स्टार हस्पिटल र वल्र्ड साइकल टुर क्याम्पेनद्वारा संयुक्त रूपमा आयोजित साइकल ¥याली उद्घाटन गर्दै मन्त्री पण्डितले भने, ‘काठमाडौं उपत्यकालगायत सम्भव भएका ठाउँमा साइकल लेन बनाउन पहल गर्छु ।’

सवारी साधन र इँटाभट्टाका कारण प्रदूषित धुवाँले वातावरण बिगारिरहेको उल्लेख गर्दैे एक वर्षभित्र काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा मास्क लगाउन नपर्ने बनाउन प्रयास गरिरहेको उनले बताए ।

काठमाडौंमा सवारीसाधन र इँटाभट्टाबाट निस्कासन हुने धुवाँले प्रदूषण बढाइरहेको उल्लेख गर्दै उनले शरीरले थेग्नेभन्दा साढे आठ गुणा बढी वायु प्रदूषण रहेको जानकारी दिए । स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा साइकल स्ट्यान्ड निर्माण गरिने बताए ।

हस्पिटलका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले मुनाफाभन्दा उपचार सेवामा योगदान गर्न अस्पताल सञ्चालन गरिएको बताए ।

Similiar Post