Wednesday, September 23

१८ बर्षे युबतीलाई कुट्ने बाबाले त्यही ठाउमा त्रीशुल र भाला देखाउदै अरु युबतीलाई कुटेको अर्को भिडियो सार्बजनिक (भिडियो सहित)

कैलालीको घोडाघोडी नगरपालिकामा एउटी किशोरीलाई बोक्सीको आरोपमा छ घण्टासम्म कुटपिट गरिएको घटना सेलाउन नपाउदै तेही ठाउमा तिनै युबकले तृशुल र भाला देखाउदै युबती कुटेको अर्को भिडियो सार्बजनिक भएको छ ।

यो भिडियोमा पनि समाजका रमितेहरु रमिता हेरेर बसी रहेका छन । एउटा बेपकुफ बाबा भनाउँदो, मान्छेको नाउमा कंलक, नरपिचास ढोंगीले सारा नगरबासीलाई साक्षी राखेर एक निर्दोष माथी आक्रमण गरिरहन्छ्।

त्यत्रो हुलमा एउटा मानिस पनि देखिएन जस्ले ति युबतीलाई बचाओस ।

एउटा फुस्रे बाबा भनाउँदो पाषण हृदयी, दानवले तपाईहरुको छाती माथी ताण्डब नाच्दै एक निर्दोष चेलिलाई कुटिरह्यो तर रमितेहरु त्यो केवल मनोरञ्जनात्मक सिनेमा जस्तो मात्र मानेर बशी रहे ।-नेपालीअनलाइनपत्रिकाबाट

हेर्नुहोस यो भिडियो