Friday, September 25

३० हजार अमेरीकी डलरको प्रलोभन देखाएर ठग्ने गिरोह सिआईबीको फन्दामा (हेर्नुहोस भिडियो सहित)

काठमाडौं । सिधा कुरा टिम र सिआईबीको संयुक्त अपरेशनबाट डलर देखाएर ठगी गर्ने गिरोह पक्राउ परेको छ । म्याग्दीका विभिन्न व्यक्तिहरुलाई १५ लाख रुपैयामा ३० हजार अमेरीकी डलर दिने प्रलोभन देखाएर ठग्दै आएका सिन्दुपाल्चोकका दिलिप तामाङ ललितपुर धापाखेलबाट पक्राउ परेका हुन् ।

तामाङसँगै ठुलो गिरो रहेको बुझिएको छ । घटना यसरी सुरु हुन्छ । फागुनको पहिलो साता म्याग्दीका भिम प्रसाद गौतमलाई अपरिचीत नम्बरबाट एक युवकले आँफुले राम्रोसँग चिनेको भन्दै फोन गरे ।

गोरखा घर भएको बताउँने उनले बारम्बार फोन गर्दै आँफुसँग ३० हजार अमेरीकी डलर भएको र त्यो साटेर आधा आधा गर्ने लोभ देखाए ।

पहिलो पटक दमौलीमा भेट्न बोलाएर र डलर पनि देखाए । यसको केही दिनमा काठमाडौंको थलीको जंगलमा भिम प्रसाद गौतमलाई १४ लाख ५० हजार ल्याएर भेटन् बोलाए ।

एकान्तमा पुगेपछि भिम प्रसादको साथबाट पैसा लिए र फरार भए । यसको केही दिन पछि फेरी म्याग्दीकै अर्का व्यवसायी पदम बहादुर बानियालाई पनि उस्तै प्रकृतीको फोन आयो । उनलाई पनि उही व्यक्तिले फरक नम्बरबाट फोन गरेर उस्तै लोभ देखायो ।

यसपछि उनी हाम्रो कार्यालयमा आए । हाम्रो कार्यालयमै रहँदा रहँदै फेरी फोन आयो र फोनमा ललितपुर सातदोबाटोमा आउन लगायो ।

यसपछि हामीले केन्द्र अनुशन्धान व्यरो सिआइबीसँग समन्वय गरी अप्रेसन सुरु ग¥यौँ । सातदोबाटोमा पुगेपछि फेरी धापाखेलमा बोलायो । धापाखेल स्थीत सुमेरु अस्पताल परिसरमा यी युवाले पदम बहादुर बानियालाई भेटे ।

र पैसा लिनको लागि अस्पताल भित्र लैजान थाले । यत्तिकै सिआइबीको टोलीले यी व्यक्तिलाई पक्राउ ग¥यो ।यसरी लामो समयदेखि म्यादीका अन्य व्यवसायलाइ पनि ठगी गर्दै आएका उनी दिलिप तामाङ रहेछन् । उनले आँफुले नै ठगी गर्ने नियतले यस्तै गर्दै आएको बताएपनि उनका पछि पनि गिरो रहेको खुल्न आएको छ ।

उनी पक्राउ परेको कही छिनमै उनको मोवाइलमा काम भयो कि भएन भन्दै फोन आयो । अहिले उनलाई महानगरीय प्रहरी वृत बौद्धमा राखी थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस यो भिडियो सिधकुरा जनतासंग