Tuesday, October 20

बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयरमाथि प्रधानमन्त्री ओलीको कडा निर्देशन सहित कारवाही सूरू ( हेर्नूहोस प्रेस विज्ञप्ति सहित)

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी ओलीको निजी सचिवालयले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिइएको छ ।

घटना घटेको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको हो ।हालसम्म प्राप्तविवरण अनुसार फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोले बाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको खबर बाहिर आएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

‘प्रहरीले रामबहादुर चौधरीलाई छानबिनका लागि पक्राउ गरेपछि कानूनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको जानकारी प्राप्त भएको छ । मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइने छैन’, प्रधानमन्त्रीको निजी सचिवालयद्वारा प्रेस नोटमा भनिएको छ ।

‘हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ’, ओलीको निजी सचिवालयले भनेको छ ।यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको जनाइएको छ ।

मेयरले शनिबार जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ-