काठमाडौं, गत असार ४ गते बिहान ४ बजे सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित जंगल क्षेत्र प्रहरीले घे’रा हाल्यो। ब’ला’त्का’र’को आ’रोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्ने प्रहरीको यो दोस्रो अ’प्रेसन थियो ।
ब’ला’त्का’र’को आ’रोपमा उनकै अनुयायीले सर्लाही जिल्ला अदालतमा मु’द्दा दा’यर गरेपछि २०७६ माघ २४ गते प्रहरीले पहिलो पटक पक्राउ गर्ने प्र’यास गरेको थियो। त्यो अ’प्रेसन अ’सफल भयो। बम्जनको सिन्धुपाल्चोकस्थित आ’श्रमबाट चार जना अ’नुयायी ह’राइरहेका छन्। उनीहरुको अहिलेसम्म कुनै पत्तो छैन।
सिन्धुलीको कमलामाई नगरपालिका–८ मा तवस्वी बम्जनको ‘बोधिमार्ग दर्शन मैत्री धर्म आ’श्रम’ करिब ४० रोपनी क्षेत्रफलमा फै’लिएको छ। यसमध्ये केही बम्जनकै जग्गा हो भने आश्रमको धेरै क्षेत्र सरकारी जंगल ह’डपेर बनाइएको छ। पहिलो अ’प्रेसन अ’सफल भएपछि चार महिना लगाएर थप अनुसन्धान गरेको प्रहरी अ’तिरिक्त द’लबल लिएर त्यहाँ पुगेको थियो। प्रहरीले सो अ’प्रेसनका लागि दुईवटा कुकुर समेत प्रयोग गर्यो– एउटा ‘ट्रया’कर’ र अर्को ‘रे’स्क्यु’। अ’प्रेसन टि’मसँग स’शस्त्र प्रहरीको ला’इभ डि’टेक्टर मे’सिन र त्यससम्बन्धी वि’ज्ञ टोलि पनि थियो, जसले जमिन मु’निको मानिस पनि पत्ता लगाउन सक्ने प्रहरीको भनाइ।
त’पस्वी भनेर चर्चित एकजना बम्जनलाई पक्राउ गर्न बिभिन्न यु’निटका गरी १२० प्रहरी सो जंगल क्षेत्रमा पुगेका थिए। ‘पहिलो पटक पक्राउ गर्न जाँदा प्रहरीबाट धेरै त्रु’टि भएका कारण बम्जनको आ’श्रमस्थलसम्म पनि न’पुगी फ’र्किनुपरेको थियो’, अ’प्रेसनमा ख’टिएका एक जना प्रहरी अधिकारी भन्छन्, ‘त्यसैले, दोस्रो पटक थप तयारी गरेर त्यहाँ पुगेका थियौं।’ प्रहरीले त्यहाँ पुग्नु पहिले नै बम्जनको सम्पर्कमा रहेका व्यक्तिको प’हिचान गरिसकेको थियो। मोवाइल सम्पर्कका आधारमा बम्जन रहेको क्षेत्र सुनिश्चित गरेर प्रहरी त्यहाँ पुगेको हो।
त्यहाँको स्थानीय स’मुदायले बम्जनलाई धर्मगुरु मान्ने भएकाले उनलाई पक्राउ गर्दा प्रहरीमाथि नै आ’क्रमण हुनसक्ने आँ’कलन थियो। त्यहीअनुसार ह’तियार स’हितको टोली साथमै थियो। संभवतः बम्जन निवासमा लामो समयदेखि नबसेकाले हुनसक्छ ट्र’याकर डगले पनि उनको संकेत पाउन सकेन। प्रहरीको भनाइमा त्यहाँको भौ’गोलिक संरचनाका कारण कुकुरले काम गर्न सकेनन्। घनाजंगलभित्र छ’रिएका संरचना प्रहरीलाई पत्ता लगाउनै गा’ह्रो पर्यो। त्यसमाथि गौंडा गौंडामा सञ्चार से’टसहितका बम्जनका ब’डिगार्ड तै’नाथ थिए।
ठूलो संख्यामा प्रहरीलाई देखेपछि उनीहरुले माछा मा’र्न नदिनका लागि आफूहरुले ग’स्ती गरेको बताए। सो क्षेत्रमा बम्जनका अ’नुयायी बाहेकलाई प्रवेश गर्न दिइँदैन। ग’स्ती टो’ली रहेको ठाउँबाट ५ देखि ७ मिनेट पै’दल अगाडि बढेपछि प्रहरी एउटा आश्रममा पुग्यो। र, त्यतिनै अगाडि बढ्दा महिला अ’नुयायीहरु बस्ने आश्रममा।
प्रहरीका अनुसार त्यहाँबाट थप १० मिनेट अगाडि बढेपछि घोडाको त’बेला रहेको स्थानमा पुगिन्छ। त्यसपछि उकालो लागेपछि आउँछ बम्जनका विदेशी अनुयायी बस्ने आश्रम। जंगलभित्र आश्रमका यस्तै बिभिन्न संरचनाहरु छ’रिएका छन्।
प्रहरीलाई यहाँभित्रका यस्ता सं’रचनाहरु प’त्ता लगाउनै ह’म्मेहम्मे पर्यो। बम्जनका लागि सामान ल्याउने लै’जाने व्यक्ति प्रहरीले पहिले नै पत्ता लगाएको थियो र उनैमार्फत् बम्जन रहेको स्थानमा पुग्ने प्रहरीको योजना थियो। बिहान ४ बजेबाट अ’प्रेसन थालेको प्रहरीले ती व्यक्तिलाई ११ बजेमात्रै भेट्यो। सिधै जाँदा थाहा पाउलान् भनेर पछाडीपट्टिबाट बम्जन रहेको भनिएको भवनतर्फ प्रहरी अगाडि बढ्यो।
करिब २ घण्टा हिंडेपछि बल्ल प्रहरी त्यो स्थानमा पुग्यो। त्यहाँ लामोलामो कपाल पालेका, ट्या’टू खो’पेका पाँचजना युवाहरु भेटिए।
क’टेजमा बसेका तिनै युवाहरु नै हुन् जसले अन्य व्यक्तिलाई बम्जनसँग भेट गराउँछन्। कसलाई बम्जनसँग भेट गर्न दिने र कसलाई नदिने भन्ने उनीहरुकै हातमा हुन्छ। आश्रम क्षेत्रभित्र रहेका अन्य व्यक्तिभन्दा उनीहरु फरक थिए। जुडो, क’राँते खेल्ने ठाउँ पनि रहेको आश्रमभित्र कपाल पा’लेका उनीहरु ५ जना मात्रै भेटिए।
‘त्यहाँ भेटिएका एक युवा पहिले गौं’डामा बस्थे, अहिले उनले बम्जनको सु’रक्षा गर्ने जिम्मा पाएका रहेछन्,’ अ’प्रेसनमा सहभागी एक प्रहरीले भने। उनीहरुलाई प्रहरीले सोध्यो, ‘बम्जन कहाँ छन्?’ उनीहरुको एउटै जवाफ थियो।
जुन जवाफ प्रहरीले जंगल प्रवेश गर्ने बेलादेखि नै सुन्दै आएको थियो, ‘हामीलाई केही थाहा छैन। उहाँ त ध्यानमा हुनुहुन्छ। उहाँले द’र्शन गर्न चाहेमा मात्रै भेट्ने हो।’ आश्रमका अ’नुयायीहरुले पनि प्रहरीलाई बम्जनबारे कुनै जानकारी दिएनन्। एक अ’नुयायीको भनाइ उधृत गर्दै अ’प्रेसनमा सं’लग्न अर्का एक प्रहरी भन्छन्, ‘उहाँ सा’क्षत भगवान हो, यो श्रृ’ष्टि गर्नका लागि उहाँ आउनु भएको हो। तपाईंहरु पा’पी मन लिएर आउनु भएकाले भेट्न सक्नुहुन्न।’ उनीहरुले प्रहरीलाई प’वित्र मन लिएर आएमात्र भेट्न सक्ने बताए।
‘उहाँ त रुखको टुप्पोमा हुन सक्नुहुन्छ, पानीमा हुन सक्नुहुन्छ, अ’न्तरध्यान हुनुहुन्छ,’ अ’नुयायीहरुले प्रहरीलाई व्याख्या गरे, ‘तपाईंहरु पा’पी हुनुहुँदो रहेछ, तपाईंहरुलाई २१ दिनभित्रमा पा’प लाग्छ, तपाईंहरु रा’क्षस हो। त्यही कारण उहाँलाई भेट्न सक्नु हुन्न।’ प्रहरीका अनुसार आ’श्रमभित्र ५०–६० जना अ’नुयायी छन्।
अ’प्रेसनको क्रममा प्रहरीले अ’नुयायी बस्नेदेखि बम्जन बस्ने भनिएको कोठासम्म सबै क्षेत्र खो’जतलास गर्यो, कुकुर र उ’पकरणहरू पनि प्रयोग गरे। तर बम्जन कहाँ छन् भन्ने कुनै सु’इँको पाउन सकेन। दिउँसो दुई बजेसम्म केही पत्ता नलागेपछि झण्डै डेढ घण्टा लगाएर छरिएका प्रहरी एक ठाउँ भेला भएर फर्किए।
प्रहरीको यो अ’प्रेसनसँगै बम्जनले प्रयोग गर्ने टेलिफोन नम्बर प’रिवर्तन भइसकेको छ। बम्जन र उनका सहयोगीले प्रयोग गर्ने १५ वटा मोवाइल नम्बर प्रहरीले ट्रया’क गरेको थियो। ती नम्बर अहिले प्रयोगमा छैनन्।
त्यसो त बम्जनबारे प्रहरी अनुसन्धान अहिलेलाई थाँ’ति रहेको छ। अदालतले उनको बारास्थित घरमा गत साता अदालतमा उपस्थित हुन म्या’द टाँ’सेको छ। बम्जन आफैं अदालतमा उपस्थित भएनन् भने अदालतको फै’सला नभएसम्मका लागि प्रहरीले पक्राउ गर्न पाउने छैन। भिडीयो हेर्न यहा क्लिक गर्नुहोस । नेपाल खबर बाट
प्रतिकृया दिनुहोस्