Wednesday, October 21

घेरावन्दीमा रबि लामिछाने र धुर्मुस ( LIVE भिडियो सहित)

पोखरा । आफुले मन पराएको मान्छेको फोटो देख्दा त कस्तो हुन्छ अझ त्यहि व्यक्ति आफ्नै नजिक पाउँदा सोच्नुहोस खुसीको सिमा सायद पोखराको माछापुच्छ्रे भन्दा अग्लो हुनेछ भनौँ त्यो भन्दा ठुलो हुने छ ।

हो पोखरामा आफ्नो जिवन भर राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने एक सयलाई सम्मान गर्ने क्रममा पोखरा आएका ति व्यक्तिसंग धेरैले आफ्नो मोबाईलमा सेल्फि कैद गरेका छन् ।

ति व्यक्ति पोखरा आउदा स्वागतका लागि सडक छेउमा बसेकाले आफ्नो क्यामरामा उनिहरुको अनुहार पार्न धेरैनै मिहेनत गरेका थिए । हो यहि रहेछ माया । यहि रहेछ विश्वास र भरोसा ।

लायन्स क्लबले पोखरामा आयोजना गरेको सम्मान तथा रथारोहण कार्यक्रममा यस्तै महशुस भयो । त्यसमा पनि कार्यक्रममा रवि लामिछाने, धुर्मुस र मह जोडीलाई मानिसले घेरे, कारण आफ्नो मनमा बसेको आफ्नो आइडलसंग एउटा भएपनि सेल्फि खिचौँ ।

बस यति मात्र थियो उनिहरुको ध्यान । भनौँ एकछिन् रवि लामिछाने लगायतका विशिष्ठ व्यक्तिहरु एकछिन पोखरेलीको घेराउमा नै परे अनि मज्जाले उनीहरुसंगको सेल्फी मोबाइलमा कैद गरे ।

हेर्नुहोस सम्मानको त्यो भिडियो :