Wednesday, August 4

नेपालमा आज एकै दिन ८८ जना कोरोना संक्रमितको मृ’त्यु, काठमाडौँ उपत्यकामा ४१९८ जना सं क्रमित थपिए

2021-05-09 750

काठमाडौं । देशभर गरि आज ५२ तथा बिभिन्न समयमा भएकाे २६ जना गरि एकै दिन ८८ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । यो संगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३ हजार ७२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसअघि हिजो कोरोनाकै कारण ५३ जनाको मृ’त्यु भएको थियो भने ८ हजार ४१८ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै नेपालमा आज थप ४०२२ जनाले कोरोनालाई जितेका छन । नेपालमा पछिलो २४ घन्टामा थप ८८५० जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमका अनुसार देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ८८५० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।उता गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २७२ सहित गण्डकीमा ३७९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका अनुसार गोरखामा ६०, तनहुँमा ६६,बाग्लुङ २०, स्याङजा २०, लमजुङ ९, पर्वत ३, मुस्ताङ १,नवलपरासी पूर्वमा १ र म्याग्दीमा १ गरी थप ३७९ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ हजार ९७९ पुगेको छ ।यसैबीच प्रदेशमा कोरोना संक्रमणबाट १२ जनाको मृ’त्यु भएको छ । एकैदिन यति धेरै संख्यामा मृ’त्यु भएको प्रदेशमै पहिलो घट्ना हो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या २६३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्