Wednesday, June 20

रेशम चौधरीलार्इ भेट्न अस्पताल पुगेका आङकाजीलाई प्रहरीले यसरी ठेगान लायो, कारण यस्तो रहेछ

तीन बुँदे माग राख्दै आमरण अनशन सुरु गरेको रेशम चौधरीलाई धनगढीबाट काठमाडौमा ल्याइएको छ । उनको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई काठमाडौको वीर अस्पतालमा भर्ना गरिएको छ ।


सो क्रममा अस्पताल परिसर पुगेका नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव तथा आदिवासी नेता आङकाजी शेर्पालाई प्रहरीले दुर्व्यवहार गरेको छ ।नेता शेर्पाले आफूले फोटो खिच्ने कोसिस गर्दा प्रहरीले आफ्नाे मोबाइल खोस्न खोजेको बताएका छन् । फेसबुक लाइभमा आएर उनले सो कुरा बताएका हुन् ।


‘करिब दुई दर्जन हतियारसहित प्रहरीले रेशम चौधरीलाई कडा निगरानीका साथ अस्पतालमा ल्याएको थियो, मैले फोटो खिच्ने प्रयत्न गर्दा प्रहरीले मेरो मोबाइल खोस्ने प्रयत्न गर्यो,’ संघीय समाजवादी फोरमका नेता समेत रहेका शेर्पाले भने, ‘प्रहरीले मोबाइल खोस्न खोजेपछि मैले सूचना दिन सकिन ।’

Nepalnews.info

Similiar Post