Wednesday, September 23

दु:खद खबर : चट्याङ लागेर १६ जनाको मृत्यु, दर्जनौँ घाइते

रुवाण्डा, २७ फागुन – रुवाण्डामा चट्याङ लागेर दुई दिनयता कम्तीमा १६ जनाको मृत्यु भएको समाचार छ । दक्षिणी रुवाण्डामा भएको सो घटनामापरी अरु दर्जनौँ व्यक्ति घाइते भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

‘शनिबार बिहान ११ बजेतिर प्रार्थना गरिरहेका बेला ४५ जनालाई आकासबाट चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको हो” एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिए ।

त्यस दुर्घटनामा परी अरु पनि कैयौँ घाइते भएका र त्यसमध्ये १४ जनाको मृत्यु भएको न्यारुगुरुका मेयर फ्रान्कोइस आबिटेगेकोले बताए । उनले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको पनि जानकारी दिए । त्यसबाहेक अन्य दुई जनाको यसअघि शुक्रबार यस्तै चट्याङ लागेर मृत्यु भएको थियो । शुक्रबारको घटनामा अरु १६ जना घाइते भएका थिए ।

“यो समाचार तयार पार्ने क्रममा नेपालको राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँमा मेघगर्जनसहित असिना पानी परिरहेको छ । अहिलेको मेघ गर्जनले केही मानविय क्षति गरेको छ वा छैन भन्नेबारेमा केही समाचार आइसकेको छैन । तपाईहरु शुरक्षित ठाउँमा बस्नुहोला, यसबारेमा केही जानकारी प्राप्त हुनसाथ हामी तपार्इहरुलार्इ सूचीत गर्नेछौं”।