Sunday, September 27

मलेसिया छु भनेका नवराज सिलवाल नेपालमै रहेको खुलासा, खोजी गर्दा भेटियो यस्तो प्रमाण….

काठमाडौँ, २९ पुस । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक एवं नवनिर्वाचित सांसद नवराज सिलवाल नेपालमै रहेको खुलासा भएको छ ।खबर अनुसार सिलवाल नेपालमै रहेका कारण उनकै उनको तीव्र खोजि भइरहेको बताइएको छ ।

सिलवालले पूर्वनिर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको दाबी गरे पनि नेपालमै रहेर उनले प्रहरीलाई छक्याएको पुष्टि भएको बताइएको छ ।सिलवालले जुन एयरलाइन्सबाट गएको बताएका थिए, त्यो एयरलाइन्सको त्यस दिने उडान नभएको र जुन ठाउँमा कार्यक्रम नै नरहेको तथ्य पनि फेला परिसकेको बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधान मन्त्री छँदै सिलवाललाई थुन्न तारन्तार आदेश दिएका छन्। प्रधानमन्त्री देउवाको निर्देशनमा प्रहरीले जसरी पनि थुन्ने र दुःख दिने नियत राखेपछि सिलवाल एकाएक भूमिगत भएका हुन् ।सर्वोच्च अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन फाइल कीर्ते भेटिएको भन्दै प्रहरीले अनुसन्धानका लागि सिलवालको खोजी गरिरहेको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जहाँ भेट्यो, त्यहीँ पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाउन’ निर्देशन दिएसकेको बताइएको छ ।osnepal.com

यो पनि पद्नुहोस

राष्ट्रियसभाको निर्वाचनमा २१ दलले गरे दल दर्ता

काठमाडौँ, २८ पुस । निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दल दर्ता गराएका छन् ।

आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपालसहित २१ दलले दल दर्ता गराएका हुन् ।

यसैगरी नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टीसमेत रहेका छन् ।

यस्तै राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ता गर्नेमा नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाजवादी नेपाल, गान्धिवादी पार्टी नेपाल, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टी समेत रहेका छन् ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने अनिवार्य हुन्छ ।

आयोगका प्रवक्ता ढकालले शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेसमेत जानकारी गराए । रासस