Wednesday, August 4

आज नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२५ जनाको ज्यान गुमाए

2021-05-11 322

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गु’माएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृ’त्यु भएको उल्लेख गरिएको हो । यससँगै देशभर कोरोनाबाट ज्यान गु’माउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृ’त्यु भएको थियो ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जि’तेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्