Sunday, September 20

यस्ताे रहेछ विमान दुर्घटनाकाे कारण, व्यर्थमा गयाे ४९ जनाकाे ज्यान…

ठूलाे मानवीय क्षति हुने गरी भएकाे विमान दुर्घटनापछि यसबारे अनेक सूचना अाउन थालेका छन् । विमानस्थलकै अधिकारीका अनुसार चालकले कमान्ड फलाे नगर्दा दुर्घटना भएकाे देखिन्छ ।

विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपछि पाइलटले उत्तरबाट जहाज ल्याएका थिए ।

६७ यात्रु र चालक दलका सदस्य सहित ७१ जना बोकेर आएको जहाज उत्तरबाट अवरण गर्न खोज्दा ठूलो दूर्घटनामा परेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री जानकारी दिए । उत्तरबाट आएको जहाज पेप्सीकाेलामाथि पाँच मिनेटसम्म घुमाएकाे थियाे ।

विमानस्थलमा महाप्रवन्धक क्षेत्रीका अनुसार पाइलटले टावरकाे निर्देशन नमान्दा जहाज ठूलाे दुर्घटनामा परेकाे बताए ।

टावरले दक्षिणबाट अाउन पटक–पटक अनुराेध गर्दा पनि पाइलटले अाइएम अाेके भन्दै उत्तरबाट जहाजलार्इ अवतरण गराउन खाेज्दा जहाज खाल्डाेमा पसेकाे थियाे । क्षेत्रीका अनुसार जहाजले बार समेत भाचेर खाल्डाेमा परेकाे हाे ।