Friday, September 24

आज नेपालमा आज थप ९ हजार ३ सय ५ जनालाई कोरोना पु,ष्टि

2021-05-12 366

काठमाडौं- नेपालमा आज थप ९३०५ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २०३६२ जनाको पीसीआर गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा ७६ जना गरि ९३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकीमा थप ९४१ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार आज गण्डकीका ८२३ पीसीआर र ११८ एन्टिजेन परीक्षण ९४१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका २५१ जना, तनहुँका ११ जना, गोरखाका ८१ जना, लमजुङका १ जना र नवलपुरका ६८ जना छन् ।यस्तै स्याङ्गजाका १६८ जना, पर्वतका ३१ जना, बाग्लुङका २३५ जना, म्याग्दीका ४० जना, मुस्ताङका २७ जना र मनाङ जिल्लाका २८ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २५ हजार ४४७ पुगेको छ। पछिल्लो २४ घण्टामा गण्डकीबाट २७४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ४५९ पुगेको छ।

प्रतिकृया दिनुहोस्