Monday, October 2

घर बाहिर मास्क नलगाइकन लखर-लखर हिँड्नेलाई मुर्गा बन्ने देखी यस्तो सजाय ! (भिडियो)

2021-05-12 861

भारतको झारखण्डमा रहेको धनबाद जिल्लामा कोरोना संक्रमणका रोगी दिनदिनै बढिरहेका छन् । तैपनि मानिसहरू संक्रमणप्रति गम्भीर देखिएका छैनन् । दिनदिनै सयौं मानिस सडकमा घुमिरहेका छन् । तर मास्क नलगाई हिँड्नेलाई प्रहरीले कडा कारवाही गरिरहेका छन् ।

त्यस्तो मानिसलाई प्रहरीले पक्रेर सजायका रूपमा मुर्गा र भ्यागुता बनाएर सडकमा दौडाएको छ । अनावश्यक रूपमा सडकमा हल्लिँदै हिँड्नेहरूले सजाय पाएका हुन् । धनबादको सडकमा मास्क र हेल्मेट नलगाई र आवश्यक काम नभई निस्कने मानिसलाई कारवाही गरिएको हो ।

प्रहरी एएसआई सन्तोष रजकले संक्रमण तीव्र गतिमा फैलिरहेको तैपनि मानिसहरू सचेत नभएको बताए ।मानिसहरूलाई सचेत बनाउन प्रशासनले र्‍यापिड याक्सन फोर्स बनाएको छ । मास्क नलगाई हिँड्नेलाई सजायका रूपमा मुर्गा र भ्यागुता बनाइएको छ ।

प्रतिकृया दिनुहोस्