Wednesday, September 19

​रोहित र सोमपाल बिच उत्कृष्ट साझेदारी , नेपालले जित्ने संभावना ह्वात्तै बढ्यो..

काठमाडौं । अाइसिसी बिश्वकप छनोट अन्तर्गत अहिले नेपाल र हङकङ भिडिरहेका छन् । हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले पाँच विकेट गुमाएको छ । अहिले भने सोमपाल कामी र रोहित कुमार पौडेलले राम्रो ब्याटिङ गरिरहेका छन् । उनिहरु बिच छैटौं विकेटको लागि लगभग ४० रनको साझेदारी भएको छ ।

केहिबेर अगाडि दिपेन्द्र एेरी १२ अारिफ शेख २ कप्तान पारस खड्का ११ अोपनर ज्ञानेन्द्र मल्ल १२ अनिल शाह  २६ रन बनाएर अाउट भएका थिए। यो खबर तयार गर्दासम्म नेपालले ३२ अोभरमा ५ विकेट गुमाएर १०३ बनाएको छ । अहिले सोमपाल कामी १२ र रोहित कुमार पौडेल २३ बनाएर खेलिरहेका छन् ।

यसअघि हङकङले नेपाललाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ। बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा अलआउट हुँदै १५४ रन बनाएको हो। हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४७ रन बनाए।

यस्तै एहसान खानले २५, कप्तान बाबर हायतले २०, एहसान नवाजले १३ तथा तनविर अफजलले १० रन जोडे।  बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २-२ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिएका हुन्। यस्तै बसन्तले १० ओभर बलिङ गर्दा ४ मेडन राख्दै २४ रन खर्चे। सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट झारे।

Similiar Post