Thursday, October 29

ब्रेकिङ न्युज– घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार, अवस्था गम्भीर

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ । सुख्खड बजारमा रहेको घरमै गएर बेलुकी ८ बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो ।

चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा टाउकोमा खुकुरीको प्रहारबाट गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद शर्मा घिमिरेले जानकारी दिए ।

चौधरीलाई हाल उपचारका लागि घोडाघोडी अस्पतालमा भर्ना गरिएको छ । उनी अचेत रहेको र अवस्था गम्भीर भएकाले कोहलपुर मेडिकल कलेज बाँके रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । आजको नयाँ पत्रिकाले ब्रेकिङ न्युज– घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार, अवस्था गम्भीर सिर्सक दियर समाचार लेखेको छ |