Friday, September 18

मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहारको समाचारको अपडेट गर्दै बिशेस (लाइब भिडियो)

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ । सुख्खड बजारमा रहेको घरमै गएर बेलुकी ८ बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो ।

 

चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा टाउकोमा खुकुरीको प्रहारबाट गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद शर्मा घिमिरेले जानकारी दिए ।

चौधरीलाई हाल उपचारका लागि घोडाघोडी अस्पतालमा भर्ना गरिएको छ । उनी अचेत रहेको र अवस्था गम्भीर भएकाले कोहलपुर मेडिकल कलेज बाँके रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।  मेयर चौधरीको हालको अवस्था चिन्ताजनक रहेको बताईएको छ । थप विवरण आउन बाँकी  रहेको छ |

यस्तै यो घटनाको बारे जानकारी दिदै रबि लामिछानेले आफ्नो फेसबूकमा status लेख्दै यस्तो अपडेट दियका छन् ,

हेर्नुहोस रविले लेखेको status जस्ताको तस्तै

“News Update 
कैलाली घोडघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी माथी गोलि प्रहार भएकाले आवस्था बुझ्न अस्पताल जाने क्रममा छौ!अबस्था चिन्ताजनक भएको जानकारी आएको छ।म टिम सहित कैलालीमै छु, पुर्ण सुरक्षीत । भोलि यहीँबाट live कार्यक्रम प्रसारण गर्ने तयारी गर्दैछौ।”

 

हेर्नुहोस लाइब भिडियो अपडेट