Wednesday, August 4

उपचार नपाएका गरिबको लागि भगवान बन्दै रवि, भर्खरै पत्रकार रवि लामिछानेको आजको कामको जानकारी, यस्तो भिडियो

2021-05-15 454

कोरोना संक्रमितको व्यवस्थापनमा खटिएका पत्रकार रवि लामिछाने यति बेला दिन रात नभनि जनमैत्री अस्पतालमानै आफु व्यस्त छन्। यस्तै उनले हिजो अभेर बेलुका लेट-नाइट भन्दै उनले यस्तो जानकारी गराए:लेट-नाइट अपडेट: सकेसम्म भोलि बाटै संचालन गरिने गरि जनमैत्री अस्पतालमा १५ जना जति अक्सिजन नचाहिने बिरामीका लागि आइसोलेसन पनि संचालनमा ल्याउदै छौ, अस्पताल प्रशासनले जति परेपनि,जति सक्यो छिटो अस्पतालमै अ’क्सिजन प्लान्ट लगाउने वचन दिनु भएको छ, चाहेको जति गर्न सकेकै छैनौं, बिरामी र आफन्तहरुको गुनासो सुनेर पनि कयौं कुरामा लाचार छौ,कोशिश जारी छ,अस्पतालले फोन समेत उठाउन भ्याएको छैन,थप जनशक्तिका लागि सक्दो प्रयास गर्दैछौ।

हाम्रो प्रतिवद्द्ता यहि हो कि पैसा’को अभावमा कसैले ज्या’न गुमाउन नपरोस्,अस्पताललाई चाहिने अक्सिजन लगायतका सामाग्रीको जोहो गरि धेरैको ज्यान ब’चाउन सकौं।उप’चार प्रक्रियामा हामीले अस्पताल र चिकित्सकहरुलाई कुनै किसिमको हस्तक्षेप गरेका छैनौं।तैपनि स्वास्थ्यकर्मीहरुले आज दिनभर इमर्जेन्सीमा बिरामीहरुको निरन्तर सेवा गरे,३० जना जति वार्डमा उपचाररत हुनुहुन्छ, ICU मा अहिले ६ जना बिरामी हुनुहुन्छ।

मुल कुरो अक्सिजन!! भएको अक्सिजन रात भरि पुर्याउन गार्‍हो छ। ३०० सिलिन्डर फुल अक्सिजन पाउन पाए ११० बेड नै संचालन गर्न सकिने कुरा डा. साब हरु बताउनु हुन्छ, धेरै सँग हात जोडेर करिव ३० सिलिन्डर अक्सिजन यो २४ घन्टामा ल्याइयो, ट्रमा सेन्टरमा आपत परेको थाहा पाएपछि ५ वटा सिलिन्डर हिजै उता दिइयो, फ्लोमिटर/रेगुलेटको अभाव भएपछि महाबिर पुन दाइलाई कल गरियो, फोन राखेको १ घण्टामा सामान आइपुग्यो, महावीर दाइ र आविष्कार केन्द्र टिमको जय जय होस्, लायन्स क्लब इन्टर्नेशनलले पनि केही रेगु’लेटर दियो।

सहयोगी अभियन्ता साथीहरूको खटाइ र मेहनत देखेर नतमस्तक छु, यसबारे अर्को दिन दिल खोलेर लेखौंला।अन्य अस्पतालमा रहेका बिपन्न बिरामीलाई समेत सहयोग गरिरहेका छौ।खाद्यान्न अभावका कारण कोहि भोकै बस्न नपरोस् भनेर Galaxy 4K Team ले बिहान २ बजेसम्म Help Desk संचालन मार्फत निरन्तर समन्वय गरि यातायात र खानाको ब्यवस्था गर्दैछ। यो बेला एक अर्कासँग होइन,मिलेर यो महामारीसँग लडौं।सबैले सकेको गरौं।यो मुस्किल समय एक दिन बितेर जानेछ।

यस्तै भर्खरै उनले एउटा भिडियो मार्फत अस्पतालका केही दृश्य समेत एउटा स्टाटस लेखेका छन्:

यो महामारीमा काठमाडौँको आफ्नै व्यथा छ, अनि दुर्गम कालिकोटको आफ्नै ।१५ सैयाको अस्पताल बनायौँ , तर अहिले २५ जना बिरामी भर्ना भएका छन् । नगरपालिका र प्रदेश सरकारको समन्वयमा बेडहरु थपेर अस्पतालको क्षमता ४० सैयाको पुर्याएका छौ। रास्कोट अस्पतालमा पनि अक्सिजन अभाव देखिन थालेको छ।अस्पताललाई हाल सकेसम्म २० वटा अक्सिजन कन्सन्ट्रेटर (बारम्बारको रिफिलिङ र ढुवानीको झनझटबाट मुक्त हुने भएकाले) वा अक्सिजन सिलिन्डर आवश्यक परेको छ। यसको जोहोमा सबैको मद्दतको अपेक्षा गरेको छु।

र जनमैत्री अस्पतालमा आज २२ बेडको आइसोलेशन सेन्टर पनि तयार भएको छ।त्यति गुणस्तरीय त छैन तर अक्सिजन नचाहिने बिरामी र PCR रिपोर्टको प्रतीक्षा गरुन्जेलका लागि काम लाग्छ। आज भेन्टिलेटरमा १ जना, ICU मा ६ जना, वार्डमा ३३ जना उपचाररत हुनुहुन्छ। सबैको स्वास्थलाभको कामना गर्दछु। भिडियो: रास्कोट अस्पतालको
फोटो: जनमैत्री अस्पतालमा आज बनेको आइसोलेशन सेन्टरको भिडियो हेर्नुहोस 

प्रतिकृया दिनुहोस्