Friday, September 24

आमाको माया ! मुखमा अक्सिजन लगाएर छोरा-छोरीको लागि खाना बना, उँदै महिला

2021-05-24 3202

आफ्ना सन्तानका लागि आमाले जुनसुकै अवस्थामा पनि जे पनि गर्न सक्छिन् । अहिले विश्व महामारीको चपेटामा परेको छ । लाखौं आमाहरुलाई यो महामारीले शि का र बनाएको छ । तर हात खुट्टा चल्दा सम्म र जिवनको अन्तिम अवस्था सम्म पनि आमाको मायामा भने सन्तान प्रति कुनै कमि हुँदैन ।

हालै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । बच्चाहरूको लागि आमाको प्रेम निस्वार्थ र असीमित हुन्छ। उनी दुख, पीडा र बिमारीमा पनि आफ्ना बालबच्चाको पेट भराउन बिर्सिदिनन्। भन्ने कुराको पुष्टि यो तस्बिरले गरेको छ ।

भारतमा भाईरल भएको एउटा फोटोले आमाको प्रेम त्यसरिनै देखाईएको छ। उनले खराब स्वास्थ्यको बावजुद खाना पकाउन काममा आफूलाई व्यस्त राखेकि छिन। भाइरल भएको फोटोमा एउटी महिला अक्सिजन लिएर भए पनि भान्सामा रोटी बनाइरहेकी देखिन्छिन। आमाको परिवारप्रतिको निश्वार्थ प्रेमलाई यो फोटोले प्रतिबिम्बित गरेको छ।

सो तस्बिरमा निकै धेरै कमेन्टहरु आएका छन् । वास्तवमा आमाको माया अपरम्पार छ । कसैले पनि सन्तान प्रति आमाले गर्ने माया मापन गर्न सक्दैन । आफ्नो जिवन जोखिममा पारेर भएपनि आमाले सन्तानलाई जोगाउँछिन् भन्ने यो उदाहरण हो ।

प्रतिकृया दिनुहोस्