काठमाण्डौं स्थित नर्भिक अस्पतालको लापर्वाहीका कारण कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई एचआईभी एड्स देखिएको स्वंम खड्गीले खुलासा गरेका छन् । उनले आफैले एउटा भिडियो मार्फत लापर्वाहीले आफुलाई एचआईभी देखिएको जानकारी दिएका हुन् ।
भिडियोमा यो घट्ना कहिलेको हो भन्ने खुलेको छैन। एउटा प्य्रांक भिडियो मार्फत सार्वजनिक भएको हो । उनले अस्पतालको लापर्वाहीले अरुकै रिपोर्ट आफनो नाममा समावेश गरिएका कारण त्यस्तो देखिएको प्रष्ट्याएका छन् । तर, पछि एचआईभी नेगेटिभ रिपोर्ट पाएको उनले जनाएका छन् ।
नोभेम्वर १, २०२० मा नेपाली प्य्रांक मिनिस्टर नामक युट्युव च्यानलमा खड्गीको भिडियो सार्वजनिक भएको छ । भिडियोमा ट्याटु वनाईरहेका खड्गीलाई प्य्रांक गरिएको छ । ट्याटु वनाउँदा सिरिन्जको गलत प्रयोगले आफनो भाईलाई एचआईभि भएको भन्दै युट्युवरले त्यसको क्षतीपुर्ति ट्याटु वनाउनेले भर्नु पर्ने वताउँछन् ।
पहिला कस्ले चेक गरेको थियो, तिनीहरु भागे। शिव दाई, श्रीकृष्ण म सँगै गएका थियौं’ उनले भनेका छन्–‘अस्पतालका कर्मचारीले नै मिस्टेक गरेका रहेछन्,
त्यसै समयमा खड्गीले युट्युवरलाई एउटा मात्र अस्पतालको एउटा मात्रै रिपोर्टमा भरोसा नगर्न सल्लाह दिन्छन् । एउटा रिपोर्टका आधारमा एचआईभी भएको निस्कर्षमा नपुग्न सुझाउँदै उनले अस्पतालको रिपोर्ट गलत पनि हुने गरेको पुष्टि गर्न आफनै उदाहरण प्रस्तुत गरेका छन् ।
‘नर्भिकमा चेक गर्दा मेरो पनि रिपोर्ट एचआइभी पोजेटिभ आयो। हामी कलाकार मान्छे धेरै केटीहरुसँग खेल्छौ’ उनले भनेको छन्–‘मेरो परिवार खतम हुने भो भन्ने लाग्यो ।’
पछि फेरी चेक गर्न जाँदा भने रिपोर्ट नै गलत परेको भेटिएको उनले वताउँछन् । ‘म फेरी चेक गर्न गए। पहिला कस्ले चेक गरेको थियो, तिनीहरु भागे। शिव दाई, श्रीकृष्ण म सँगै गएका थियौं’ उनले भनेका छन्–‘अस्पतालका कर्मचारीले नै मिस्टेक गरेका रहेछन्, अरुको रिपोर्ट मेरो नाममा परेको रहेछ ।’
खड्गी नेपालमा चलेका द्वन्द्व निर्देशक हुन। उनले पाँच सयभन्दा बढी चलचित्रको द्वन्द्व निर्देशन गरेका छन् ।’-हिमालियनदैनिकबाट।
भिडियो हेर्नुहोस्…
खड्गी नेपालमा चलेका द्वन्द्व निर्देशक हुन। उनले पाँच सयभन्दा बढी चलचित्रको द्वन्द्व निर्देशन गरेका छन् ।
प्रतिकृया दिनुहोस्