Monday, June 21

७ बजे आमाको मृत्यु खबर आयो , तर पनि पुरा गरे यी एंबुलेंस ड्राइभरले आफ्नो डिउटी, एउटा दुखद कहानी …

2021-05-26 287

बुवा र भाइको मृत्युको एकसाल नबित्दै आमाको पनि कोरोनाले लग्यो …
यो कोरोना महामारीले आफ्नै मान्छेलाई आफूबाट टाढा बनिरहेको छ ,साथै मरेपछि अन्तिम सस्कार गर्न समेत नमिल्ने अवस्था छ | कोरोनाको महामारी एकातिर. एकातिर आफ्नो डिउटी तर पनी कतिपनि बिचलित नभई अहोरात्र बिरामीको सेवामा समर्पित छन् भारतको उत्तर प्रदेशका प्रताप यादव |

परिवारसंग प्रभात

मैनपुरीको चुरेला गाउँका प्रभात यादव विगत नौ बर्षदेखि (इमार्जेंशी) 108 सेवाका लागि एम्बुलेन्स चलाउँदै आएका छन्। उनलाई बिहान 6 बजे फोन आयो , फोनमा उनलाई उनकी आमाको निधनको खबर सुनाइयो प्रभात आफ्नो काममै थिए| उनकी आमाको कोरोनाको कारण नै निधन भयको थियो | यो खबर सुने पछी पनि उनले आफ्नी डिउटी पुरै गरे !बिहानको करिब ७ बजेको थियो उनको मोबाइलमा फोनको रिंग बज्छ, यतिकै मा उनलाई आफ्नी आमाले कोरोना संग हारेर संसार छोडेको भनि जानकारी आउछ, त्यो बेला उनको डिउटी जारी थियो उनले आफ्नो डिउटी पुरा गरेर मात्र आमाको अन्तिम सस्कारको लागि घर तर्फ लागे |

प्रभातको बुवा र भाइको पनि कोरोनाकै कारण पछिलो साल निधन भयको थियो, बुवा र भाइको अन्तिम सस्कार सके लगततै उनि आफ्नो डिउटीमा फर्की हाले, प्रभातलाई लागेको ऋण भन्दा पनि बढी यो बेला आफ्नो सेवालाई बढी हेर्ने गरेको बताउछन् |उनका कम्पनि सुपरभाईजारले उनलाई घरमा बस्न आग्रह गरेका थिय तर उनि मानेनन् , उनका आफ्ना बुवा आमा नै भाइले उनलाई छोडेर यो संसारबाट गए पनि उनि अरुको सेवामा लगेको देखेर भारत भरि उनको तारिफ भैरहेको छ | प्रभातले धेरै बिरामीको समयमै होस्पिटल पुर्यायर ज्यान बचायाका छन् |

प्रतिकृया दिनुहोस्