Saturday, October 31

पशुपति भिजनमा गोली चल्यो, ५ राउण्ड गोलीसहित गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौं । राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । महानगरीय प्रहरी वृत गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ ।

लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले जानकारी गराएका छन् ।

प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ । लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ |
स्रोत:-न्युज२४नेपाल बाट