Tuesday, September 29

कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक यसरी हेर्नुहोस् नतिजा ( लिंक सहित हेर्नुहोस )

काठमाडौं, २९ पुस– राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको असार महिनामा सञ्चालित कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले ११ कक्षाको नियमिततर्फको नतिजा शनिवार सार्वजनिक गरेको हो । बोर्डको शनिवार बसेको बैठकले गरेको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

 

कक्षा ११ को परीक्षामा नियमिततर्फ ३ लाख ४७ हजार ७ सय ४८ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ७४ परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । यस्तै १ जना परीक्षार्थीको परीक्षा स्थगित गरिएको छ ।

 

बोर्डले केही समयपछि नतिजा इन्टरनेटमा सार्वजनिक गर्ने जनाएको छ । नतिजा सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट http://www.neb.gov.np/results मा लगइन गरेर हेर्न सकिने छ । यस्तै नेपाल टेलिमकको वेवसाइटमा (जान यहाँ किलिक गर्नुहोस) लगइन गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ ।