Saturday, October 31

ओली नेपाली किम भन्दै मोदिले दिल्लीबाटै ठुलो प्रताब, ईतिहासमै पहिलोपटक नेपालीसँग झुक्यो भारत (पुरा विवरण हेर्नुहोस )

ओली नेपाली किम भन्दै मोदिले दिल्लीबाटै ठुलो प्रताब, ईतिहासमै पहिलोपटक नेपालीसँग झुक्यो भारत (पुरा विवरण हेर्नुहोस )

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका छन् ।बिहीबार अपरान्ह अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गर्दै हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएका हुन् ।भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई नेपालमा तीनवटै निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्तसमेत गरेका एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उनेले सरकार गठन लगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उनलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताएका थिए ।ओलीले मोदीलाई बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए ।

यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने अध्यक्ष ओलीले बताए ।ओलीले खास गरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत गरे ।

सरकार गठन लगत्तै भ्रमणका लागि औपचारिक निमन्त्रणा पत्र पठाइने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले गुजरात लगायत प्रान्तहरुमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि मोदीलाई वधाइ दिए ।

source:-learneverythingwithme
Source-https://www.ujyaloo91network.com/archives/8469