Thursday, October 1

सात महिनाकी छोरी बचाइदिन अपील, सके सहयोग/नसके सेयर भए पनि गरिदिनुहोला

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं ९ कालेकाँडाकी पुना नेपाली छोरीको उपचार खर्च नपाएर सदरमुकाम मंगलसेन वजारमा भौतारिदै हिँडिरहेकी छन् ।

उनकी ७ महिनाकी छोरी कमला नेपालीको करिब ४० प्रतिशत भाग जलेको छ । फागुन ३ गते चुलो नजिकै सुताईएकी उनी चुलोमा परेर जलेकी पुनाले बताईन् । आगोमा उनको दाँयातिरको गालादेखि खुट्टासम्म जलेको छ ।

‘जलेको केहि समयमा नजिकको स्वास्थ्य चौकीमा लगेकी हुँ । त्यहाँबाट बयालपाटा अस्पतालमा जानुस यता उपचार हुँदैन भनेर पठाए । बयालपाटासम्म पुग्न पैसा खोज्न समय लाग्यो’, उनले भनिन् , ‘मैलै छोरीलाई जिल्ला स्वास्थ्य कार्यालयमा लिएँ तयतिन्जेलसम्म पोलीएको भागमा किरा परेको थिएन । त्यताबाट बयालपाटा पठाए । ५ दिन त्यता राख्दा छोरीको शरीरमा किरा परेको छ ।’

अन्तिममा बयापलाटा अस्पतालले उपचार गर्न सकिदैन भनेर पठाएको उनको भनाइ छ । अहिले उनी सदरमुकाम मंगलसैनमा अलपत्र परेकी छिन् । नेपालीका घरमा ६ छोराछोरी छन् ।
बयालपाटा अस्पतालका मेडिकल निर्देशक विकास गौचनले पोलेको भागमा परेका किरा निकाल्न बेहोस गराउनु पर्ने तर आफूसंग त्यस्तो सुबिधा नभएको बताए ।
मंगलसेनमा अलपत्रमा भेटिएकी पुनालाई स्थानीय संचारकर्मीले भेटेपछि सामान्य खाना खर्च जुटाएर जिल्ला अस्पतालमा पठाएका छन् ।

यो लिंकमा बाट साभार गरिएको हो