Wednesday, September 23

विश्वभरबाट नेपाली टिमलाई बधाईको ओइरो, आईसीसी हुँदै माइकल क्लार्कदेखि यि चर्चित स्टारहरुले यसो भने…..

काठमाडौं । नेपालले पपुवा न्यूगिनीलाई लज्जास्पद हार चखाएपछि नेपालले क्रिकेट इतिहासमै यो एउटा सुनौलो अक्षरले आफ्नो नाम एक दिवसीय मान्यता प्राप्त राष्ट्रका नाममा लेखाउन सफल भएसँगै नेपाललाई बधाई तथा शुभकामना आउनेक्रम जारी नै छ । नेपालले पपुवा न्यूगिनीलाई हराउनु र नेदरल्याड्सले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेको हो ।

विभिन्न आरोह अवरोह खेप्दै नेपाली क्रिकेटले यो यात्रा तय गर्नु आँफैमा महत्वपूर्ण उपलब्धि प्राप्त गरेसँगै यो सफलतालाई आयरल्याण्डका क्रिकेटरदेखि आईसीसीसम्मले बधाई दिइरहेका बेला आईसीसीले नेपालले कसरी एक दिवसीय मान्यता हात पार्न सफल भयो भन्ने कथा लेख्दै नेपालको सफलतामा उसले आफ्नो अफिसियल ट्वीटर र फेसबुक पेजको कभर फोटो नै परिवर्तन गरेको छ ।

पहिलो पटक एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाली क्रिकेट टिमलाई विश्वभरबाट बधाईको ओइरो आएको छ। एकदिवशीय मान्यता पाएपछि फाइदा धेरै छन्, सबैभन्दा मुख्य कुरा त नेपालले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता प्राप्त अन्य मुलुकसँग खेल्न पाउँछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अनुदान लगायत खेलाडीको म्याच फी र सुविधा ह्वात्तै बढ्छ । यो ठूलो उपलिब्धिसँगै नेपाललाई बधाई दिँदै कसले के भने पढ्नुहोस् ।