Wednesday, September 23

विना मगर बनिन खानेपानि मन्त्री अरू कून-कून मन्त्रालयमा को को? हेर्नूहोस

काठमाडौ, २ चैत ।  माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् ।

माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका थिए ।

गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बन्दा शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका नेता हुन् भने बस्नेत पूर्वगृहमन्त्री हुन् ।

यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् ।

प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खनाल मन्त्री भएपछि जनार्दन शर्माको नाम काटिएको छ ।

एमाले बाट

एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन्  सचिव गोकर्ण् विष्टलाई श्रम तथा रोजगार

रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री  ।

काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् ।

लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् ।-शिखरन्यूजबाट।