Tuesday, September 29

रविलामिछाने आजको बिसेश रिपोर्टको साथ लाइब हेर्नुहोस भिडियो सहित (हेर्नुहोस लाइब)

आजको बिसेष कार्यक्रम सिधकुरा जनतासंग गंगामाया अधिकारीको बिसयालाई उठान , एउटा बद्सला को बिशेस रिपोर्ट तेस्तै अरु धेरै बिषय समेटियको जानकारी रवि लामिछाने ले दियका  हेर्नुहोस तलको भिडियो लाईब ‘….

काठमाडौं । छोराका हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा रहेकी गंगामाया अधिकारी अहिले वीर अस्पतालको दोस्रो तला, ७ नम्बर क्याविनमा अनशनरत छिन् । अवस्था साह्रै नाजुक भइसकेको छ ।

हत्यारालाई कारबाही हुने आश्वासनमा उनलाई बारम्बार अनसन तोडाइन्छ । तर, उनको सत्याग्रहमा पूर्णविराम लाग्ने गरी कहिल्यै माग पूरा हुँदैन । उनले पछिल्लो पटक गएको माघ १६ गते शहीद दिवसकै दिन आमरण अनशन सुरु गरिन् । उनले त्यसलाई निर्जल अनशन भनेकी छन् ।

आइतबार, उनी चिकित्सकसँग भन्दैथिइन् । म अब औषधि खान्न । चिकित्सक विकास सहनी फकाउँदै थिए, ‘औषधि नखाई तपाई न्यायका लागि कसरी लड्न सक्नु हुन्छ । तपाईलाई झन् गाह्रो हुन्छ ।’

डा. सहनीले त्यही बेला अहिले कस्तो छ त, भनि सोधे ? गंगामायाले आफुलाई निकै अफ्ठ्यारो भएको सुनाईन् । उनले भनिन्, ‘खुट्टा पोलिरहेको छ । शरीर पूरै दुखिरहेको छ । मलाई अब मर्न दिनुस् ।

औषधि नदिनुस् ।’ डाक्टरसँगकै सम्वादमा गंगामाया भक्कानिएर रोइन, हामीले प्रश्न सोध्ने आँट गर्न सकेनौँ । उनले आफै बेलिविस्तारमा भनिन् । पूरै समय उनी रोएरै बोलिन् ।

मलाई सजिलै मर्न दिए हुन्थ्यो भनिरहेकी उनले एउटा इच्चा भने व्यक्ति गरिन् । उनले भनिन्, ‘सबै मिडियाहरु आए । तर, रवि लामिछाने भन्ने नाम सुनेको छु ।

म धेरै पटक सम्पर्कमा आउन खोजे । अहिलेसम्म भएन । रवि लामिछानेसँग कुरा गर्ने इच्छा छ । यदि उनी आउन सक्दैनन् भने म उनले जहाँ बोलाउँछन् । त्यहीँ जान्थे ।’ उनले यो पनि भनिन्, ‘डरले नआएका हुन् कि ।

उनलाई पनि डर होला ।’ गंगामाया उठ्न त सक्दिनन् । तर, रवि लामिछानेले जहाँ बोलायो त्यही पुग्छु, भन्नुले, उनी या सर्वोच्च अदालत भन्दामाथि कुनै न्यायायल भए त्यहाँको ढोका ढक्ढकाउन चाहन्थिन् वा अझै न्याय मूर्तिहरुलाई बिउँझाउने आवाजको खोजिमा छन् भन्ने बुझिन्छ ।

उनको आवाज उहील्यै दविसकेको छ । श्रीमान् नन्दप्रसाद अधिकारीको निधन अघिनै । उनलको श्रीमान्कै मृत्यु समेत अहिलेसम्म वेवारीसे छ । अस्पतालले मृत्युको घोषणा गरेपनि अन्तिम संस्कार नभएकाले नन्दप्रसादको मृत्यु वेवारीसे छ ।

गंगामायाको गुनासो नयाँ छैन । यही पूरानै हो । अपराधिलाई खोजेर दिँदापनि दण्ड दिन नसक्ने ? उनले प्रश्न गरिन् । अनि मलाई दुई चम्मा पानी खुवाउने ? मलाई अरुले जस्तै खाना खान मन लाग्छ, उनले अगाडि भनिन्, ‘तर, न्याय नपाएसम्म म कसरी साधारण जीवनमाफर्किऔँ । कि त न्याय मर्‍यो नै भनिदिनु पर्‍यो । कि मलाई सजिलै मर्न दिनु पर्‍यो । मलाई यसरी थुनेर राखिएको छ । ता कि म उल्टै कैद सजाय भोगिरहेको छुँ ।’-

हेर्नुहोस पत्रकार रबिलामिछ्लेको लाइब भिडियो