Monday, June 21

कृष्ण र रूपाको छोरा यती ठुलो भए ,सबै सुभचिन्तकलाई कृष्णले बनाए यस्तो भिडियो (भिडि; यो सहित)

2021-06-09 154

कृष्ण र रुपले एक महिना अघि जन्मिएको छोराको एउटा भिडियो बनाई सार्वजनिक गरेका छन् । आफ्नै युटुब चानेलमा उक्त भिडियो सार्वजनिक गरका छन् । उनीहरूले विभिन्न पोजका फोटो हरुलाई भिडियो बनाई युटुबमा राखेका हुन् ।

यस्तो छ कृष्ण ओलिको विगत :

रुकुमको सानीभेरी गाउँपालिका-९ मा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक थिए। आफुले काम गरेर पैसा कमाई श्रीमतीलाई स्टाफ नर्स बनाउछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीले दुवै हात र बायाँ खुट्टा गुमाए। २१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ्य देखिन्छन्।

तर उनीमाथि ठुलो ब’ज्रपा’त आईलाग्यो । विद्युत प्राविधिक पढेका उनी दाङ्को तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। २०७५ जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्यो।

दाङ्को तुलसीपुर उपमहानगरपालिका–१४ बखरिया भन्ने ठाउँमा ग्राहकलाई विद्युतको लाइन प्रवाह गर्न पोलमा चढेको बेला करेन्ट लागेको उनी बताउँछन्। उनी भन्छन, ‘एउटा पोलमा लाईन का’टेर म लाइन विस्तार गर्नको लागि अर्को पोलमा चढेर करिब–करिब तार जोड्ने काम सकिएको थियो।

लाइन काटिएको ठाउँमा एक जना स्थानीय मिल सञ्चालकले विद्युतको लाइन जोडिदिएछन् एक्कासी आएको ११ हजार भोल्टेजको करेन्टले म जमीनमा बजारिए।’ उनलाई विद्युतको झड्काले जमिनमा पछारिएनन् मात्र, करेन्टले मृ’त्युको मुखमा लगेर छोड्यो।

करेन्ट लागेर उनको शरिरका विभिन्न ठाउँमा गहिरो चो’ट लागेको थियो। त्यहाँबाट उनलाई उपचारको लागि तत्काल नेपाजगन्ज लगिए पनि त्यहाँका कुनै पनि अस्पतालमा उपचार सम्भव भएन्। त्यसपछि उनका आफ्न्तले कृष्णलाई भारतको लखनउमा पुर्याएका थिए।

लखनउमा उनको १८ दिनसम्म उ’पचार भयो। त्यसपछि काठमाडौं ल्याएको थियो। लखनउमा ५० लाख र नेपालका विभिन्न अस्पतालमा गरेर २० लाख गरेर ७० लाख रुपैयाँ खर्च भएको उनकी श्रीमती रुपाले बताइन।

सबैले उनको त्यो बेलाको हाल’त देखेर उनी बाच्ने छन् भने आश छोडिसकेका थिए तर उनकी श्रीमतीलाई श्रीमान बाच्ने छन् भने पूर्ण आश थियो। उनी अहिले श्रीमानको आठ र हौसला बनेर खडा उत्रिएकी छिन्। उनी रातदिन श्रीमानको सेवामा लागेकी छिन्। उनी भन्छिन, ‘हामी दुवै जानाले नयाँ जीवन पायौ।

विद्युत प्राविधिक कृष्णले पैसा कमाई श्रीमतीलाई स्टाप नर्स बनाउने सपना बुनेर काम गरिरहेका थिए तर अचानक यस्तो दुर्घ’टना घट्यो। ‘मेरो लागि नै उहाँले काम शुरु गर्नुभएको हो, मलाई स्टापनर्स बनाउको लागि आवश्यक पर्ने पैसा कमाउन जानुभयो। अब म प्रोफेशनल नर्स नभए पनि पर्सनल नर्स बनेर उहाँलाई साथ् र माया बाड्ने छु।’ रुपाले भनिन्।

कृष्णले एक वर्ष पहिले मात्रै विवाह गरेका थिए। उनको त्यो घ’टना विवाह भएको ठिक वर्ष वितेको दिनमा भएको हो। विश्वभरीका नेपालीले उनलाई सहयोग गरे । अहिले उनी केही सहज जीवन विताइरहेका छन् । यो अवस्थामा दिएको साथका कारण अहिले रुपा र कृष्णलाई अहिलेका साक्षत मुना मदन भनेर प्रसंशा गरिरहेका छन् ।

छोराको भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्