Wednesday, September 23

आलोचकलाई धमलाको चुनौती- मेरो अग्रेजी लेख हेर्नु भाछ ? ‘एक घण्टा अँग्रेजीमा वहस गरौं’ (भिडियो सहित)

काठमाडौं – ऋषी धमला रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सिमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् ।

बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पक्ष पनि यही नै हो ।

रिर्पोटस क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता कयौं ठाउँमा उनका बाइलाइन पढन र अन्तवार्ता हेर्न पाईन्छ, त्यो पनि एक हप्ता भित्रैमा । सिंहदरवार देखी शितल निवास, बालुवाटार देखी बल्खु, सानेपा, पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् ।

काठमाडौंमा एउटा तप्का छ, जो उनलाई मन पराउँदैन तर नेपालमा उनका फ्यानहरु धेरै छन् । ऋषीलाई भेटन पाए मात्रै भाग्य चम्किन्छ भन्ने पनि यही नेपालमा छन् ।

यसरी निरन्तर खटिरहने उनै धमलालाई एक दिन प्रचण्डले ‘हुदै नहुने माया बैगुनी’ भन्दै ब्यंग्य पनि गरे । उनले बोलाए पछि नआउने र उनले खोजे पछि नमिल्ने नेपालमा कुनै नेता छैनन् ।

आलोचकलाई धमलाको चुनौती- मेरी अग्रेजी लेख हेर्नु भाछ ? ‘एक घण्टा अँग्रेजीमा वहस गरौं’ हेर्नुहोस भिडियो सहित