Friday, September 24

यति धेरै दु:ख गर्दै नेपाली ,सुरुङ्ग भित्रबाट रेकर्ड गरिएको कोइला खानीको कहालि लाग्दो कथा-हेर्नुहोस् (भिडियो सहित )

2021-06-09 291

दाङ र रोल्पाको बीचतिर पर्ने उजाड पहाडका काखतिर सुख्खा गाउँहरू छन्।अनि त्यो प’हाडको पेटभित्र त्यो गाउँ का पेट पाल्ने कोइला खानीहरू।हामी कोइला खानी पुग्दा खाजा खाने समय भएको थियो।याम बहादुर घर्ती र उनका छोरा पूर्ण बहादुर घर्ती खाने त’रखर गर्दै थिए।उहाँजरूले कोइला खानीमा काम गर्न थालेको लगभग १५ वर्ष भैसके छ।उहाँहरू बिहानै पकाएर ल्याएको खाना खाँदै हुनुहुन्थ्यो।

१२ बजे कोइला खानी छिर्नुहुन्न भन्ने मान्यता रहेछ।काम चाहिँ बिहान ८ बजेदेखि बेलुका ५ ब’जेसम्म गर्नुपर्ने रहेछ।त्यहाँ काम गर्नको लागि पाल्पा देखि पनि मान्छे आउँथे र पूर्वबाट पनि आउँथे तर अहिले चाहिँ त्यहीँ’का स्था’नीय मात्रै रहेछन्।२२ वर्ष पहिले कोइलाका भारी गन्ने काम गरेका लुमाकान्त बुढा’थोकी अहिले यहाँका नाइके भएका रहेछन्।उनी इण्डिया साढे एघार बर्षजती र ब्रोइलर कुखु’राको मासु काटेर बेच्ने काम गरेका रहेछन्।

मन्छी काम १८-२० वर्ष अघि उनका बुबाले गर्नुहुन्थ्यो रे र त्यसपछि ठेक्दा’रले त्यो काम उनलाई नै गरिदिन आग्रह गरेपछि उनले उक्त काम गर्न सुरुवात गरेका रहेछन्।यो मन्छी काम अर्थात हिसाबकिताब राख्ने काम गरेर प्रोमोशन भएपछि उनी इन्चार्ज भएका रहेछन्।याम बहादुरले ओल्लो पहाड र पल्लो पहाडका खा’नीहरूमा आधा जिन्दगी बिताइसके। कापीकिताबका अक्ष’रहरू मकै भटमास नबनेपछी उनका भर्खरका छोरा पूर्ण बहादुर पनि खानीको अँध्यारो सुरु:ङमा भविष्य खोज्न आइपुगेका छन्।

त्यहाँ काम गरेपछि एक क्विन्टल कोइला निकालेको रू.१५० कमा’उँदा रहेछन्।यी कोइला यहाँबाट घो’राही पुग्छन् र त्यहाँबाट ठूल्ठूला उद्योगहरूमा। यहाँका का’मदारहरूलाई कोइला कहाँ जान्छ,के गर्छ केही चासो छैन।वस्,पहाड भित्रको पातल खोस्रेर भारी पुर्‍याउन पाए भयो।कोइला भित्रबाट खार पनि आउने रहेछ। उनी भन्छन्,खार काट्न लाई गुलियो चीज खानुपर्छ।कोइला यहीँ छ भन्ने नि’श्चित नहुञ्जेल त्यत्तिकै भएपनी खन्दै जानुपर्ने रहेछ,त्यसपछि बिस्तारै कोइला भेट्दै गएपछि सीधा,दायाँबायाँ जतासुकै पनि खन्नु पर्ने रहेछ।

सुरिङहरू निकै लामा पनि हुने रहेछन्।कुनै सुरुङ्हरू त झण्डै २०० मीटर जति लामा पनि रहेछन् भने कुनै पचास देखि सय मीटरका जति लामा रहेछन्।सुरुङ भित्र छिर्ने सजिलै आँट आएन हामीलाई। अलिक भित्र छिर्थ्यौँ,अनौठो सन्नाटा छाउँथ्यो अनि फेरि फर्किन्थ्यौँ।सुरुङ भित्र महिला हरू नछिर्ने रहेछन्।उनीहरूको काम सुरुङबाट को’इलाहरू को बोरा बोकेर ट्र्याक्टरहरू आउने ठाउँसम्म पुर्‍याउने रहेछ।उहाँहरूले दिनमा २०-३० भारी जति बोक्ने गर्नुहुँदो रहेछ।

सुरुङ भित्र छिर्दै गएपछि बाहिरको सं’सार हराउँदै गयो।ठाउँठाउँमा पानी रसाउँदै थिए। खन्दै,छिचोलिँदै कोइला निस्किँदो रहेछ।उनका भतिजा आकास भित्तो खो’स्रीँदै कोइला निकाल्दै थिए।भतिजाले निकालेको कोइला काका शेर बहादुर सुरुङको मुखसम्म पुर्‍याउँथे।कोइला खानी रहँदा ढुङ्गा खसेर गाउँकै दुई हप्ता अगाडि मोहनलाल कामी को मृ’त्यु भयो।त्यसयता त्यो सुरुङ बन्द छ।मोहनलालले १६ दिनकी सुत्केरी शा’न्ति कामीलाई भरे मासु लिएर आउँछु भनेर कोइला खन्न आएका थिए।तर उनी फर्केर नआउने बाटोमा गए।शा:न्तिले कहिल्यै नरित्तिने आँ’सु पाइन्।

छोरी गीता काठमाडौको इँटा भट्टामा श्रीमानसँगै भारी बोक्दै थिइन्।बुबा बितेको खबर पछि उनी सुत्केरी आमा सम्हाल्न आइपुगेकी छिन्।उनी आफू ३२ वर्षको उमेरमा बिधवा हुनुपरेकोमा आफूलाई अ’भागी भएको भन्दै पश्चाताप गर्छिन्।श्रीमान जहान छोराछोरी पालौंला भनेर जानु’भएको तर के गर्नु त्यस्तो नराम्रो भयो।उनको नानी अहिले एक महिनाको भयो।उनका जम्मा पाँच जना छोराछोरी छन्।

खेतीपाती एक महिना पनि खान नपुग्ने छ। छोराछोरीलाई जसरी भए पनि हुर्काउनु पर्ने बाध्यता छ।उनी अब कोइला खानी हेर्न पनि जाँदिन भन्छिन् किनकि कोइला खानीले श्रीमानको भो’ग खाएको छ।यस विषयमा तयार पारिएको भिडियो सामाग्री तल दिइएको छ हेरेर आफ्नो प्रति’क्रिया कमेन्ट गर्न नभुल्नुहोला,
#sudur media बाट

प्रतिकृया दिनुहोस्