Tuesday, September 29

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा यति एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो…

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा यति एयरलाइनसको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्ली पाण्डेका अनुसार यति एयरको जेटस्ट्रीम ४१ विमान अवतरण गर्ने क्रममा चक्का नगुडेपछि रनवेमा रोकिएको हो ।

पाण्डेका अनुसार विमानका चालक दल तथा यात्रुहरु भने सकुशल रहेका छन् ।

यति एयरलाइन्सका कर्मचारीले रातोपाटीसँगको कुराकानीमा नाइनएन एजेसी कलसाइन भएको विमानको अगाडीको पाङ्ग्रा ‘लक’ भएको र अहिले विमानलाई धवनमार्गबाट हटाउने काम भइरहेको जानकारी दिए ।

विमान दुर्घटनापछि विमानस्थल अहिले बन्द गरिएको छ ।

साथै, क्रेन लगाएर विमान रनवेबाट हटाउने काम भइरहेको छ । स्रोत:- रातोपाटीबाट