Friday, September 18

ट्राफिक प्रहरीले बर्दी लगाएर कार्यालय भित्रै तास खेल्दै (भिडियो) खुसखोरहरुको अड्डा श्रम कार्यलायका नायब सुब्बा द्वारा २ लाख ३४ हजार घुस खाँदै पक्राउ – आजको सिधा कुरा जनतासंग कार्यक्रम (भिडियो) हेर्नुहोस

प्रचण्ड, ओली र देउवालाई रवीको झटारोः ‘गरिबी, भ्रष्टाचार र अन्याय घटेन, सिटामोल नपाएर गरीबहरुको मृत्यु भईरहेको छ’

मुलुकमा राजनीतिक परिर्वतन किन ल्याइयो भन्ने कुरा परिर्वतन ल्याउनेहरुले बिर्सिए । त्यसैले एक पटक व्यवस्था परिर्वतन किन गरिएको हो भन्ने कुरा रिमाइन्ड गराउन उपयुत ठान्दछु ।

मुलुकमा एक दलीय व्यवस्था थियो । स्वतन्त्र रुपमा बिरोध त के बोल्न लेख्न पाइदैनथ्यो । राजा, महाराजा र तिनका चाकडी, जय गान गाउनेले मात्र सुखले बाँच्न पाउथे ।

सर्वसाधारण जनताले पढ्ने, लेख्ने सुबिधा पाउँदैनथे । स्वास्थ्य शिक्षा, रोजगार जस्ता आधारभुत कुरामा सर्वसाधारण जनताको पहुँच भएन ।

जाडोमा एक सरो न्यानो कपडा लगाउन नपाई मानिस मर्थे । उच्च ओहोदाका मानिस चिनेकाहरुले भनसुनका आधारमा जागीर वा अन्य अवसर पाउँथे ।

पैसामा न्याय र सिस्टम बिक्थ्यो । धनी झन् झन् धनी र गरिबसँग मर्नु बाहेक कुनै विकल्प थिएन । यस्तो अन्याय, अत्याचार सहन नसकी सर्बहारा बर्गले अधिकार र परिर्वतनका लागि झण्डै एक युग नै लगाएर विभिन्न खाले आन्दोलन गरे र त्यस्ता अन्यायी, अधर्मी भ्रष्ट, अत्याचारी, नातावादी, कृयावादी आदीको शासन व्यवस्था ढालेर देशमा, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघिएता, समावेशिता पहिचान सहितको व्यवस्था ल्याइयो ।

 

आज यो मुलुकको टप थ्रि नेताहरु, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाज्युहरु तिनै व्यवस्था र त्यसका पक्ष पोषकको विरोध गरेर अझ भनौ ती सारा अन्यायी, अत्याचारीका विरुद्व आवाज उठाएर जेलनेल टाउकाको मोल चडाएर आज त्यही स्थानमा आइपुग्नु भएको छ ।

जुन स्थानमा हिजोका अन्यायी, अत्याचारी, घुसखोर, भ्रष्टहरु थिए । ओली ज्यु, प्रचण्ड ज्यु, देउवा ज्यु अनि उहाँ ज्युहरुका सहयात्री कयाँै ज्युहरु ।

सर्वसाधारण मानिसको जीवन हिजो भन्दा कम कष्टप्रद भएन आज । फरक छ त यत्ति की तपाईहरुसँग न्यानो घर, न्यानो गाडी, न्यानो कार्यालय छ । घण्टा घण्टामा फेर्न चाहेमा फेर्न सकिने लत्ता कपडा छन् ।

भुसुनाले समेत छुन नसक्ने सुरक्षा छ । हाँछ्यु गर्ने वित्तिकै म्याजीक सटमा उपस्थीत हुने डाक्टरको चाकडी छ । राज्यकोष तपाईलाई छुस्स केही हुने बित्तिकै खर्च हुन रेडी छ ।

 

तर जनताका घरका छानाहरुमा ओत लाग्ने स्थीती छैन । पापी शित पनि त्यही गरीबका चुहिने छाना माथि मात्र खस्छ ।
शरीर ढाक्ने बाक्लो कपासको कपडा नभएका नागरीकहरु भटाभट मरिरहेका छन् । बलियो छाना भएका न्यानो कपडा भएकाहरुलाई नै सरकार करोडौँ बाँड्दै छ रे ।

देशको राज्यकोषमा ठुलो घर र टन्नै कपडा भएकाहरुको हालि मुहालि भयो । शित लहरले आङ ढाक्न नसकेका जनताहरु भकाभक मर्दैछन् ।

छ्या….. कस्तो विभेद । हिजो का शासकले यहि विभेद गरे भनेर जेल नेल गरेको के अर्थ भो त ? गरिबी घटेन, भ्रष्टाचार घटेन, अन्याय घटेन, अत्याचार घटेन परिवर्तन त आयो तर कसको घरमा ? कस्तो जीवनमा ?

 

मुहार त फेरीयो तर देशको होइन कस्को ? टिभि खोल्नुस नेता ज्यु एउटा समाचार सुनाउँछु, यतिखेर पनि तराई मधेशका जिल्लाहरुमा शित लहरले ३७ जना भन्दा बढी मानिसको मुत्यु भएको समाचार छ ।

पहाडको जाजरकोटमा सिटामोल नपाएर ज्वरोका कारण १४ जना मानिसको मृत्यु भईसकेको समाचार छ । विदेशमा हाम्रा छोरी चेलीलाई आफ्नै दाजु भाईले बेचेको समाचार छ, कमिशनको भरमा ठेक्का हत्याउनेले सडक बनाउदै नबनाएको समाचार छ ।

छिमेकी देशले भटाभट सिमाना मिचेको र हामीलाई थिचेको समाचार छ । प्रहरी, प्रसासनको समाचार नहुने त कुरै भएन नेता ज्यु, घुस खादा खाँदै लाज पचेका नकचराहरुलाई अख्तियारले रंगेहात समातेको समाचार छ ।


ट्राफिक प्रहरीले बर्दी लगाएर कार्यालय भित्रै तास खेल्दै (भिडियो 34 मिनेट पछाडिको रिपोर्ट हेर्नुहोस्) खुसखोरहरुको अड्डा श्रम कार्यलायका नायब सुब्बा द्वारा २ लाख ३४ हजार घुस खाँदै पक्राउ 

हेर्नुहोस सिधकुरा जनतासंगको यो नयाँ भिडियो …