Thursday, October 1

रामेछापबाट दूखद खबर:- श्रीमानले कान्छी ल्याएको रीसमा जेठीले घरमा आगो लगाउँदा छोराछोरीको मृत्यु।

काठमाडौं, ५ चैत्र । रामेछापमा घरायसी विवादले उग्र रुप लिंदा दुई बालबालिकाको ज्यान गएको छ । खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले आइतबार राती घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा बिपिन र ३ वर्षकी छोरी रमीताको जलेर ज्यान गएको हो ।

सौता सौताबीचको झगडाले उग्र रुप लिएपछि धनजन र मानवीय क्षति भएको प्रहरीले जनाएको छ । केही समयअघि केसीका श्रीमान दिलबहादुर खत्रीले कान्छी श्रीमती ल्याएका थिए । कान्छी श्रीमती ल्याएपछि श्रीमानले हेलाँ गरेको भन्दै विवाद बढ्दा दुखद घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो ।

प्रहरीले घटनामा संलग्न तारा केसी र उनका श्रीमान दिलबहादुर केसीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लाइटनेपालबाट