Friday, September 24

पोखरामा सांसदले प्रहरी निरीक्षक थ; र्काए, प्रहरीले दिएको जवाफले सां सद नै भए ल, ज्जित-हेर्नुहोस् (भिडियो )

2021-06-13 379

पोखरामा प्रदेश सरकारले उत्पन्न गराएको तरंग अझै सकिएको छैन । त्यहाँ हालै मुख्यमन्त्रीले पद गुमाए र नयाँ मुख्यमन्त्री सत्तामा आएका छन् । तर सांसदहरुले केही गोलमाल हुनसक्ने भन्दै कांग्रेस समर्थित सांसदहरु सहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना बस्न गएका थिए ।

धर्ना कै क्रममा त्यहाँ सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र कांग्रेस सांसद मेखलाल श्रेष्ठ बिच केही विवाद हुन्छ । सांसद श्रेष्ठ केपी सिस्टम छ, यति तानाशाह छ भन्दै प्रहरी इन्स्पेक्टरतिर फर्कन्छन् र चोरी औंला देखाउँदै भन्छन्, तपाईंको हिसाबकिताब हुन्छ के। उनले हिसाबकिताब हुन्छ भनेपछि इन्स्पेक्टर जवाफ दिन्छन्, हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु।

त्यसपछि इन्सपेक्टरलाई सांसद श्रेष्ठ फेरि भन्छन्, फुर्ती नछाटम् । फुर्ती छाटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि, छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, श्याम थापा मगर है।-सिधाकुरा डट नेटबाट।

अहिले यो भिडियो ट्वीटरमा खुब सेयर गरिएको छ ।

प्रतिकृया दिनुहोस्