Thursday, January 20

आज नेपालमा कति संक्रमित थपिए कति निको भए ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दियो यस्तो अपडेट हेर्नुहोस्

2021-06-14 404

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनालाई को’रोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ। नेपालमा पीसीआर परीक्षणमा को’रोना देखिनेको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ ।

याे साता दिनै सक्रिय संक्रमितको संख्या घ’ट्दाे छ । पछिल्लो २४ घण्टामा ९ हजार ४३८ पीसीआर र ५ हजार ३८१ जनाको ए’न्टीजेन गरि जम्मा १४ हजार ८१९ परीक्षण भएको छ । जसमा पीसीआरमा २०४९ र एन्टीजेनमा ८६९ जनालाई पाेजेटिभ देखिएकाे छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित नि’को भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित नि’को भइसकेका छन्।

थप समाचार – मोरङमा थप एक साता नि’षेधाज्ञा लम्बिएको छ ।मोरङमा ३१ जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।सोमबार बसेको डिसिसिएमसि बैठकले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउदै असार ७ गते सम्म लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।

मोरङमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । सोमबार बसेको डिसिसिएमसि बैठकले को’रोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाहरुलाई केही खु’कुलो बनाउने निर्णय गरेको हो ।को’रोना संक्रमणदर घ’ट्दै गएकाले प्रदेश राजधानी विराटनगरसहित मोरङका सवै पालिकामा क्रमशः निषेधाज्ञा खु’कुलो बनाउदै लगिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी निरौलाले जनजिवन सहज बनाउन निषेधाज्ञालाई केही लचिलो बनाउनुपर्ने देखिएको बताए । उनले यतिबेला पनि विभिन्न क्षेत्र विस्तारै खोल्दै लगिएको र अन्य क्षेत्रपनि विस्तारै खुकुलो पार्दै लगिने जानकारी दिए ।उनले सोमबारको बैठकले यस अघि विहान खाद्यान्न,

खाना पकाउने ग्याँस, तरकारी फलफुल, खानेपानी, माछामासु, इन्धनक, पुस्तक पसल, निर्माण सामाग्री, विद्युतीय सामाग्रीलगायत अत्यावश्यक सामाग्री पसल विहान १० बजेसम्म मात्र खोल्न दिइएकोमा अब ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै कैलालीमा केही खुकुलो बनाएर एक साता निषेधाज्ञा ल’म्ब्याइएको छ ।जिल्ला को-भि’ड सं’कट व्यवस्थापन केन्द्रको सुझावका आधारमा असार ७ गते राति १२ बजेसम्म खुकुलो बनाएर निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यो अवधिमा अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, सार्वजनिक संस्थानबाहेकका सरकारी कार्यालय, सार्वजनिक निकायका सबै प्रकारका सेवा ब’न्द रहने तर सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी आ’देशमा उल्लेख छ ।

बैँक तथा वित्तीय संस्थाले बिहान ८ बजेदेखि १२ बजेसम्म खोल्न पाइनेछ ।खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल स्टेशनरी, फेन्सी पसल बिहान ६ देखि ११ बजेसम्म सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।

बढीमा ३ जना कर्मचारी राखेर बिहान ८ देखि साँझ ६ बजेसम्म वर्कसप सञ्चालन गर्न सकिने छ ।होटल रे’ष्टुरा, खाजा पसल भने पूर्णरुपमा ब’न्द हुनेछन् । तर, बिहान ८ देखि बेलुकी ८ बजेसम्म होम डे’लीभरी गर्न सकिनेछ ।यो अवधिमा अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

कैलालीमा को’रोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले गत वैशाखदेखि नि’षेधाज्ञा जारी गरेको छ ।पछिल्लो केही दिनयता भने संक्रमण कम हुँदै गएकोले नि’षेधाज्ञा खुकुलो बनाइएको हो ।त्यस्तै दैलेखमा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको को-भि’ड–१९ स’ङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि नि’षेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो। आज राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ प्याकुरेलले बताए।

यही जेठ २१ ग्तेदेखि जारी निषेधाज्ञा पुनः थप गरिएको हो। दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेकाले सङ्क्रमण रो’कथामका लागि पुनः निषेधाज्ञा थप गरिएको उनले बताए। अहिलेको निषे’धाज्ञामा पहिलेभन्दा थोरै खु’कुलो पारिएको छ। दैनिक उपभोग्यवस्तु कि’नमेल गर्न बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खाद्य पसल खुल्ने छन्। त्यस्तै बैंक पनि खुला रहनेछन्।

प्रतिकृया दिनुहोस्