Friday, September 18

बंगलादेश एअरलायन्सको विमान दुर्घटनाबाट जोगियो, पुरा विवरण हेर्नुहोस्

बंगलादेश एअरलायन्सको विमान दुर्घटनाबाट जोगियो, पुरा विवरण हेर्नुहोस्

ढाका,चैत ६ – बंगलादेश एअरलायन्सको विमान दुर्घटनाबाट जोगिएको छ। विमानको इन्जिनमा खराबी देखिएपछि हजरत शहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान १६ मिनेटमै हजरत विमानस्थलमै अवतरण गरिएको हो। विमान सेडपुर विमानस्थलका लागि उडेको थियो।

विमानमा सवार सबै सुरक्षित रहेको जनाएको छ।

गत सोमबार बंगलादेशको युएस बंगला विमान काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त भएको थियो।