Friday, October 30

उच्च शिक्षाको सपना बोकेका समिरले जापानमा औला गुमाए (भिडियो सहित)

उच्च शिक्षाको ठूलो सपना संगालेर जापान छिरेका एक नेपालीको मेशिनमा परेर देब्रे हातका औंला गुमेका छन् ।२०१५ को अपि्रल महिनामा जापान आएका सिद्धवन, स्याङ्जाका समिर बोगटीको रामेनको मेशिन सफा गर्दै गर्दा देब्रे हात मेसिनमा परेपछि तीनवटा औंला काटिएका हुन् ।

घटना फेब्रुअरी ५ तारिखका दिन ४ः३० बजेतिर भएको अस्पतालको शैय्याबाटै बोगटीले सुनाए ।फुकुओकाको हाकाताकु निशीहारु माची बस्दै आएका बोगटी एक महिनादेखि फुकुओका तोकुसुकाई अस्पतालमा उपचारत छन् । उनको हालसम्म तीन पटक अप्रेशन गरिसकिएको छ ।बोगटी भाषा अध्ययन सकाएर तीन वर्षे कोर्षअन्तर्गत कम्प्यूटर सेन्मोन स्कुलमा अध्ययनरत थिए ।