Tuesday, September 29

‘१ रुपैयाँ त के एउटा ल्वाङ पनि घुस खाएको पाईएमा मन्त्री बर्खास्त हुनुपर्छ’-रबि लामिछाने

नव निर्वाचित मन्त्री ज्युहरुको जोश गज्जबको छ । कोही छड्के चेक गर्दै हुनुहुन्छ, कोही विभिन्न घोषणाहरु गर्दै हुनुहुन्छ ।

कोही यसो गरे कारवाही हुन्छ, उसो गरे कारवाही हुन्छ भनेर हाउगुजी देखाउँदै हुनुहुन्छ । त्यो सबै ठिक छ, तर समस्या राजनीतिक बिचौलियाको हो ।

कार्यक्रममा धेरैपटक भनिसकियो यस बारेमा र आज थप जानकारी गराउन चाहान्छु । पोलिटिकल ब्रोकर, अर्थात राजनीतिक बिचौलियाहरुले सिंहदबार छिर्ने भिआइपी पास पाएका हुन्छन् ।
जसको सरकार आएपनि यिनको पावर घट्दैन । यिनीहरु सिधै भन्छन् जो मन्त्री आएपनि मुख भएकै आउँछ । मुख भएपछि खान्छ खान्छ ।

काम यो हो, प्रकृया यस्तो छ, तपाई फस्ने चान्स नै छैन, तपाईको भाग यति पैसा पर्छ, कसैलाई बिगारेर मारेर वा भ्रष्ट्राचार गरेर होइन, जेनुइन पैसा हो, यसरी तपाईको खातामा पैसा आउँछ ।
मुलुक लुट्ने बिचौलीयाको भाषा यही हो । प्रिय नवनियुतm मन्त्री ज्युहरु, यो मुलुकमा तपाईले केही नगरेपनि यी भिआइपी पास होल्डर बिचौलीयाहरुलाई सिहंदरबार छिर्न, तपाइको निजी निवास छिर्न र तपाईका स्वकीय सचिवलाई भेट्न व्याण्ड गरिदिनुस् ।

देशको मुहार तु फेरिन शुरु हुन्छ । यिनको फोन नम्बर ब्लक लिष्टमा राखिदिनुस् प्लीज । शहरका चोक र गल्लीमा छरिएका भट्टी पसलहरुमा दुइ प्याग लडाउन पाएको छैन, फलानो मन्त्री मेरो पकेटको, फलानो नेता मेरो पकेटको, फलानो सचिवको सरुवा नै मैले गराइदिएको, मैले चाह्यो भने प्रधानमन्त्रीले समेत तुरुन्त भेट्ने टाइम दिन्छन् भनेर गफ दिने र फाइफुट्टी लाउनेहरु स्याँउ स्याउँती भए ।

देशका मन्त्रीहरुको वेट नै भएन, त्यसको प्रमुख कारण यिनै विचौलिया हुन् । २ तिहाई बहुमत पाएको सरकारलाई मेरो अनुरोध, कृपया मन्त्रीज्युहरुको तलब सुविधा १० गुणा बढाईदिउँ ।
अरबौँको भ्रष्ट्राचार हुनु भन्दा करोडौ रकम देशका मन्त्रीलाई जाओस् । तर नियम यस्तो गरियोस् कि कुनै पनि मन्त्रालय अन्तर्गतको विभाग वा कार्यालयमा कसैले १ रुपैयाँ त के एउटा ल्वाङ पनि घुस खाएको पाइएमा, मन्त्री वर्खास्त हुने र सम्बन्धीत पार्टीेले साधारण सदस्य समेत नरहने गरी किक आउट गर्ने ।

सारै केटाकेटी कुरा ग¥यो भने जस्तो तपाइहरुलाई लाग्यो होला । तर सजायको डर नै मानिसलाई गल्ती गर्नबाट रोक्ने शसतm तरिका हो ।

पत्याउने नपत्याउने तपाईहरुको जिम्मा हो तर यो मुलुकमा यतिखेर, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, र शेरबहादुर देउवा तीन जना मध्य कसैलाई घर चलाउन वा पार्टी चलाउन एक्स्ट्रा पैसा चाहिएन भने कसैले पनि घुस खाने हिम्मत गर्दैन ।

सानातिना कर्मचारीले हजार लाख तैपनि खालान् तर देशमा करोडौंको अझ अरबौंको भ्रष्ट्रचार हुन्छ भने शिर्ष तीन नेता मध्ये कसैले कसैको अनुमति वा ईसारा विना यो सम्भवै छैन । –सिधाकुराडटनेटबाट