Tuesday, October 20

विश्वकै पहिलो नागरिकताधारी रोबर्ट सोफियाले काठमाडौँ आए लगत्तै भनीन् ‘मलाई अनमोल केसीसँग डेट गर्ने इच्छा छ’

विश्वकै पहिलो नागरिकताधारी रोबर्ट सोफियाले काठमाडौँ आए लगत्तै भनीन् ‘मलाई अनमोल केसीसँग डेट गर्ने इच्छा छ’…

विश्वकै पहिलो नागरिकताधारी रोबर्ट सोफिया यतिबेला सगरमाथाको देश नेपालमा छिन् । काठमाडौँ आए लगत्तै राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ुसार्वजनिक सेवाका लागि प्रविधिु विषयक सम्मेलनमा बोल्दै सोफियाले आफूलाई नेपालका हिरो अनमोल केसीसँग भेट गर्न मन लागेको बताइन् ।

मन्तब्यका क्रममा उनले भनिन् ‘मलाई अनमोल केसीसँग डेट गर्न मन छ’, सम्बोधनको बीच बीचमा उनले यो कुरा पटक पटक दोहोर्याइन् । विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् ।

सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता प्रदान गरेको हो । मानव स्वरूप भएकी सोफियालाई सन् २०१५ मा हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको छ।