Tuesday, October 27

सुन्धाराको गुलाब रेष्टुराँमा आगलागी, एक घाइतेलाई अस्पताल लगियाे, १५ काे उद्धार (भिडियो सहित)

काठमाडौं – काठमााडौं– काठमाडौं महानगरपालिका नजिकै रहेको गुलाब स्वीटस् र होटल सालिमारमा भीषण आगलागी भएको छ ।

बुधबार साँझ उक्त आगलागी भएको हो । साँझ ६ बजेदेखि सुरू भएकाे अागलागी अजै नियन्त्रणमा अाइसकेकाे छैन।

गुलाब रेष्टुराँ बागदरबारस्थित काठमाडौं महानगरपालिकासँगै रहेकाे छ। काठमाडाैं एवं ललितपुरका दमकल अाएर अागाे निभाउने प्रयास गरिरहेका छन्। सेना, सशस्त्र र प्रहरीसहित जुद्दबारूण यन्त्रकाे फायर पाइटर टाेली आगाे निभाउन परिचालन भएकाे छ।

गुलाब रेष्टुराँका सुरक्षागार्ड अजय चाैधरीले अागाेकाे झिल्काे झरेर अागलागी सुरू भएकाे बताए।अागलागीकाे समयमा माथिल्लाे तलामा रहेकाे सालिमार हाेटलमा रहेका १५ जनाभन्दा बढीलाइ उद्धार गरिएकाे छ। आगलागीमा परी दुई जना घाइते भएका छन्।
भिडियो हेर्नूहोस।