Monday, September 21

‘जिग्री’लाई एक्कासी के भयो ? किन माग्दैछन ५० लाख जनतासँग १-१ हजार रुपैंया ? (भिडियो सहित)

अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केसँगै कुमार कट्टेल ‘जिग्रीले’ आफ्नो फेसबुक पेजमा लेखेका छन,-
“अब देशलाई अन्तर्राष्ट्रिय स्तरको क्रीकेट स्टेडियमको आवश्यकता महशुस गर्दै सरकारसंग समन्वय गरि धुर्मुश सुन्तली फाउन्डेसनको संयोजकत्वमा चाँडै पहल गरिनु पर्छ भनेर छलफल गरियो।

आशा गरौं यो देशले छिट्टै अन्तर्राष्ट्रियस्तरको स्टेडियम पाउनेछ। सल्लाह र सुझाब को अपेक्षा गर्दछौ।”

यसै गरी उनले आईतबार आफ्नो फेसबुक पेजमा लेखेका थिए:
पढ्नै पर्ने !!

राजनीतिले per day बिगार्दै गयको देशलाई
क्रिकेटले one day मान्यता भित्र्याउदै जोड्दै छ।
दुःखेको देशलाई मलम दल्ने काम क्रिकेटले गर्यो अब दुखेको क्रिकेटलाई मलम लगाउने पालो देशको !
हाम्रा खेलाडी हरु नेपाल आए पछी खेलाडी हरु सँग, मन्त्रीज्यु सँग र क्रीकेटको उच्च निकाय सँग छलफल गरी international cricket stadium बनाउने अभियानको पहलकदमी लिन म तयार छु , यो सम्भव छ।
विश्वमा ब्राजिल,अर्जेन्टिना फुटबलले चिनिए जस्तै नेपाललाई सगरमाथा र बुद्दको देश बाहेक क्रिकेटले चिनाउन सकिन्छ !

हामी 50 लाख क्रिकेट प्रेमी बाट हर ब्यक्ती 1000 मात्र उठाय 5000000000 उठ्छ!
International Cricket stedium बनाउन म मेरो व्यक्तिगत तर्फबाट रु २०,००० सहयोग गर्न तयार छु
के तपाईं यो अभियानको लागि तायार हुनुहुन्छ ?
हेर्नूहोस भिडियो सहित