Thursday, October 29

अरुको भलाई नचाहने मान्छे कहिल्लै खुसी हुन सक्दैन. अवश्य हेर्नूहोला ज्ञान बड्नेछ।

१, भलाईको काम गर्नु कर्तव्य होइन, आनन्द हो किनकी त्यसले तिम्रो स्वास्थ्य र सुख वृद्धी हुन्छ ।
– जरथ्रुस्त

२, जसले मसंग भलाईका काम गर्छ त्यसले मलाई असल हुन सिकाउँछ ।
– थोमस फुलर

३, संसारमा भलाई मात्रै बाँकी रहन्छ यसबाहेक सवै बस्तु नष्ट हुन्छन् ।
– जापानी उखान

४, भलाई जति वढी गरिन्छ त्यती नै बढी फैलन्छ ।
– मिल्टन

५, हाम्रो उदेश्य संसारको प्रति भलाई गर्नु हो, आफ्नो गुण गाउनु होइन ।
– स्वामी विवेकानन्द

६, जसरी एउटा सानो दियोको प्रकाश टाढासम्म फैलन्छ, त्यसैगरी खरावको दुनियामा भलाई टाढासम्म फैलन्छ ।
– सेक्सपियर

७, जो अरुको भलाई चाहन्छ, उसले आफ्नो भलाई त भैहाल्छ ।
– कन्फ्युसियस

८, भलाईको बाटो हिड्ने मानिस यस लोकमा र परलोकमा पनि खुसी रहन्छ ।
– गौतमबुद्ध