Wednesday, August 4

चीनको अर्को चमत्कार १० तलाको सुविधासम्पन्न अपार्टमेन्ट २८ घण्टामा बनायो , हेर्नुहोस् बनाउँदाको यो( भिडियो )

2021-06-21 345

काठमाडौं। कुनै पनि भवन बनाउनुभन्दा पहिले योजना बनाउनुपर्छ । त्यसपछि त्यो भवन निर्माणको काम गरिन्छ जुन काम पूरा महिनादेखि वर्षसम्म लाग्छ । तर, चीनको एक कम्पनीले १० तलाको एउटा भवन बनाउन योजना त बनायो तर यति कम समयमा भवन बनायो कि सुन्दा असम्भव लाग्छ ।

१० तलाको यो आवासीय भवनलाई मात्रै २८ घण्टा ४५ मिनेटमा तयार गरियो ।ब्रोड ग्रुप नामक कम्पनीले चीनको चांग्सामा यो भवन बनाएको हो । ब्रोड ग्रुप एक चिनियाँ कम्पनी हो जसले धेरै क्षेत्रमा काम गरिरहेको छ । हालै यो कम्पनीले २८ घण्टा ४५ मिनेटकमा १० तलाको आवासीय भवन बनाएर तयार गरेको छ ।

यति कम समयमा भएको यो निर्माणले इन्टरनेटमा तहल्का मच्चाएको छ । सुरुमा सुन्दा यो काम असम्भव जस्तै लाग्छ । यो भवन निर्माणको भिडियो र फोटो सार्वजनिक भएपछि भने मानिसहरु दंग परेका छन् ।खासमा यो भवन यति कम समयमा निर्माण गर्नको लागि पूर्वनिर्मित निर्माण प्रणालीको प्रयोग गरिएको छ ।

यसअनुसार यो भवनको निर्माण साना साना स्वनिहीत मोड्युलर इकाइहरुलाई जम्मा गरेर गरिएको छ । यी मोड्युलर इकाइहरु पहिले नै बनेर तयार थिए । पहिले नै तयार पूर्व निर्मित इकाइहरुलाई निर्माण स्थलमा ल्याइयो । यी कन्टेनरहरुलाई एकमाथि अर्को राखेर बोल्टको सहयोगले जोडियो ।

यसरी पूरै भवन बनेर तयार भयो । पछि भवनमा बिजुली र पानी जडान गरियो ।सीएनएनका अनुसार चीनको चांग्सामा २८ घण्टा ४५ मिनेटमा ब्रोड ग्रुपले १० तलाको अपार्टमेन्ट भवन निर्माण पूरा गर्न सफलता हासिल गरेको छ । यो भवन निर्माणका क्रममा बनाइएको छोटो भिडियो निकै हेरिएको छ । यो प्रविधिको निकै चर्चा पनि भइरहेको छ ।

यो भवन निर्माणको समय सीमाका विषयमा बनाइएको ४ मिनेट ५२ सेकेण्डको भिडियोमा लेखिएको छ ‘मानक कन्टेनर आकार, विश्वभरमै कम लागत भएको परिवहन, अत्यन्त सरल अन साइट इन्स्टलेसन ।’ भिडियोमा एक समूहले भनेको छ ‘यो भवनको इन्स्टलेसन निकै सरल थियो । बस बोल्ट कसिदिनुस् अनि पानी र बिजुली जोडिदिनुस् ।’

भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्