Wednesday, September 30

भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल को इतिहास नै बदले (पूरा बिबरण सहित हेरनूहोस)

प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको आडमा निजी काममा खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन दिनुभएको छ । बुधबार सिंहदरबारमा भएको मुख्यमन्त्रीसहितको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले घरायसी काममा खटाइएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै कर्मचारीलाई सात दिनभित्र फिर्ता गरिसक्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सबैलाई नियम कानुन बमोजिम निर्णय गरेर खटाएका बाहेकका सुरक्षाकर्मी कसैले निजी काममा प्रयोग गरेको भए सात दिनभित्र फिर्ता गर्न रक्षा सचिव र गृह सचिवलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकारी दिनुभयो ।

‘कहीँ कतै दुरुपयोग नहोस्, शक्तिको आडमा जजसले घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरिरहेका छन्, निर्णय भएका र तोकिएको सुबिधाबाहेक सबैलाई सात दिनभित्र अनिवार्य फिर्ता गरिसक्नुहोला,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । शक्तिका आडमा कतिपयले सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेका समाचार पटकपटक आएपछि प्रधानमन्त्रीले यस्तो विषय आफूकहाँ पनि आएको भन्दै सात दिनभित्र फिर्ता गर्न निर्देशन दिनुभएको हो ।

सेना, प्रहरी र सशस्त्र प्रहरीमा गरी झन्डै चार हजारबढी सुरक्षाकर्मी घरायसी काममा प्रयोग हुँदै आएका छन् । पूर्वप्रधानसेनापति, पूर्वप्रहरी महानिरीक्षकदेखि सेना र दुवै प्रहरीका उच्च अधिकृतहरूले राज्यले तोकेभन्दाबाहेक घरायसी काममा राख्ने गरेका छन् । व्यक्ति रिझाउन र अनावश्यक काममा सुरक्षाकर्मी खटाउने गरेको पाइएपछि प्रधानमन्त्री ओलीले फिर्ता गर्न सात दिनको समय दिनुभएको थियो ।

सुरक्षाकर्मी कसैको घरमा बस्न नभई नागरिकको सेवा गर्न राखिएकोले विनाहिच्किचाहट फिर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको एक अधिकारीले बताए । शक्तिको आडमा विभिन्न व्यक्तिले अनधिकृत रूपमा सुरक्षाकर्मीको दुरुपयोग गरेको आफूले जानकारी पाएको बताउँदै उनले शक्तिको आडमा कसैले घरमा सुरक्षाकर्मी राखेको भए सात दिनभित्र फिर्ता गर्न गृह सचिव मोहनकृष्ण सापकोटालाई निर्देशन दिनुभयो ।

‘शक्तिको आडमा कसैको घरमा भान्से, कसैको घरमा कुचिकार राखेर सुरक्षाकर्मीको दुरुपयोग भएको छ भने सात दिन फिर्ता गरेर जानकारी गराउनु,’ गृह र रक्षा सचिवलाई प्रधानमन्त्री ओलीको निर्देशन थियो । सो बैठकमा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासमेत सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीले बैठकमा सहभागी सचिवहरूलाई पनि आआफ्ना मन्त्रालयका काम चुस्त र छरितो ढंगले गर्न पनि निर्देशन दिनुभएको छ ।

स्रोत÷चौतारीअनलाइन।