Tuesday, September 29

उद्योग दर्ता गर्दा घुस लिने कर्मचारी इन्दीरा गौतम खनाल हजारौ रुपैया सहित रंगेहात पक्राउ (फोटो र भिडियो सहित)

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंकी उद्योग अधिकृत इन्दीरा गौतम खनाल सेवाग्राहीसंग घुस लिदै गर्दा रंगेहात पक्राउ परेकी छिन ।

उद्योग दर्ताका लागि सर्लाहीका सागर मैनालीसँग ९ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको टोलीले उन्लाई रङ्गेहात पक्राउ गरेको हो ।

मंगलबार काठमाडौमा गारमेन्ट उद्योगमा काम गर्दै आएका सागर मैनाली आँफ्नै उद्योग सञ्चालन गर्न भनि उद्योग दर्ता गर्न त्रिपुरेश्वर स्थीत घरेलु तथा साना उद्योग कार्यालयमा पुगे । सबै कागजपत्र तयार पारेर उनि कार्यालय कोठा न ८ मा उद्योग अधिकृत इन्दीरा गौतम खनालको टेबलमा पुगे । उनले आफ्नो उद्योगको नाम अंग्रेजी भाषामा राखेका थिए । यही कारण देखाउँदै उद्योग अधिकृत गौतमले उद्योग दर्ता नुहने बताइन ।

यस पछि सागर मैनाली निस्कनै लाग्दा गौतमले ढोका बन्द गरिन् र खालि पेपरम १० हजार रुपैयाँ दिएमा काम हुने भन्दै संकेत लेखीन । सागरले तत्काल पैसा नभएको र केहि छिन्मा ल्याउने भन्दै उनि त्यहाँबाट निस्के । उनि निस्के पछि इन्दीराले आँफै फोन गरिन् र उतm दिन नभए बुधबार ११ बजे कार्यालयमा आउन लगाइन ।

उद्योग दर्ता गर्दा कर्मचारीले घुस मागेपछि सागर सिधै हाम्रो कार्यालय आएर यो सवै सुनाए । यसपछि हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई यसवारे जानकारी ग¥यौ र घुस लिने कर्मचारीलाई समाउन संयुक्त अपरेशन थाल्यौ ।

बिहिबार बिहान अख्तियारको टोलिसहित हामी उतm कार्यालयमा पुग्यौँ । इन्दीराले पहिले सबै राजश्व तिर्न लगाइन् । दिउँसो १२ बजे पछि उनले आफ्नो कार्यकक्षमा बोलाइन् र ९ हजार रुपैंया लिइन् । अघिल्लो दिन १० हजार रुपैंया भनेको मा १ हजार छुट गरिदिएको बताइन ।

बिहिबार बिहान अख्तियारको टोलिसहित हामी उतm कार्यालयमा पुग्यौँ । इन्दीराले पहिले सबै राजश्व तिर्न लगाइन् । दिउँसो १२ बजे पछि उनले आफ्नो कार्यकक्षमा बोलाइन् र ९ हजार रुपैंया लिइन् । अघिल्लो दिन १० हजार रुपैंया भनेको मा १ हजार छुट गरिदिएको बताइन ।

उनले पैसा लिने वित्तिकै अख्यितयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उन्लाई पक्राउ ग¥यो । घरेलु तथा साना उद्योग कार्यालयका धेरै कर्मचारीहर विभिन्न अबरोध खडा गरी सेवाग्राहीसंग घुस लिदै आएका छन् ।

हेर्नूहोस भिडियो सहित

स्रोत:-न्यूज24नेपालबाट