Friday, September 24

टिकटकमा नाचेर भाईरल भएका बिना र सरोज मिडियामा । करोडौंले हेरे, के यि दुई प्रेम जोडी हुन् (भिडियो सहित)

2021-06-23 461

लकडाउनको समय भ्लग र टिकटकमा राम्रो कन्टेन्ट दिनेहरुका लागि राम्रो समय हो । मानिसहरु घरमै हुने भएका कारण यो समयमा राम्रो कन्सेप्ट सहितका भ्लगहरु र टिकटक बनाएर अप्लोड गर्न सकियो भने भाईरल हुने धेरै सम्भावना रहन्छ ।

यसै अनुरुप अघिल्लो लकडाउनमा पनि धेरै टिकटकका युजर्सहरु भाईरल भए र पछि लकडाउन खुलेपछि उनीहरु आफ्नो कला अनुसारका क्षेत्र जस्तै म्युजिक भिडियो र गायन, त्यस्तै अभिनयमा व्यस्त पनि रहे । यसैबिच यो लकडाउनमा पनि एक जोडी निकै भाईरल भैरहेको छ ।

बिना राउत र सरोज प्रजाको जोडी टिकटकमा बिभिन्न नृत्य सहित उत्कृष्ठ कन्सेप्टका भिडियोहरु प्रस्तुत गर्दै दर्शकहरुको मन लोभ्याईरहेका छन् र उनीहरुको फलोअर्स पनि दिनदिनै बढिरहेको छ । सरोज र बिना नयाँ अनुहार भने होईनन्, दुवैले थुप्रै म्युजिक भिडियोहरुमा काम गरिसकेका छन् ।

यसैबिच यि दुईले पछिल्लो समय हिन्दी गीत पानी पानीमा बनाएको टिकटक निकै भाईरल भयो । सरोज र बिना दुवैले आफ्नो टिकटक आइडीबाट उक्त भिडियो अप्लोड गर्दा देश तथा बिदेशका करोडौं युजर्सहरुले उनीहरुको भिडियो हेरेका छन् । एक म्युजिक भिडियोको छायाँकनमा भेटेका यि दुईको यतिबेला प्रेम छ कि भन्ने अनुमान पनि धेरैको छ । आखिर के छ त यि दुई प्रतिभाशाली कलाकारहरुको सम्बन्ध, ..

शिशिर भण्डारीले उनीहरु सँग गरेको कुराकानी हेर्नुस्

प्रतिकृया दिनुहोस्