Friday, October 30

विमान दुर्घटनामा मृत्यु भएका पाइलट सुल्तानकी श्रीमतीले मर्नु अघि गरिन सबै नेपालीलाई यस्तो अग्रह

काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ ।

उनले अफ्नो प्राण त्याग्नु पहिला विमान दुर्घटनाको बिषयमा प्रत्यक्ष अप्रत्यक्ष सारोकार राख्ने सबैलाई विमान दुर्घटनाको सबै दोष आफ्नो पतीलाई नदिन आग्रह गरेकि थिईन ।
उनले भनिन् आफ्नो मान्छे गुमाउनुको पीडा मलाई राम्रो संग थाहा छ मैले पनि आफ्नो पती गुमाएकी छु । सायद अब आफुलाई पनि बचाउन सक्दीन होला ।

उनले यो सब आफ्नो निधन पहिला भनेको स्रोतको भनाई रहेको छ । उनले यो दुर्घटनाको दोष अरु कसैलाई पनि दिन नचाहेको बताईन ।

हुने कुरा कसैले रोक्न नस्कने पनि बताईन् । विमान चालक अविद सुल्तानकी पत्नीको जिबनमा पनि लागु भएको छ । उनि सोयम आफु पनि भगवानकी प्यारी भइन ।

विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो ।

उनलाई गत आइतबार स्ट्रोक अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।
मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ ।

पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृतयु भएको थियो ।

मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक छन् । बाँकी २१ जना नेपाली रहेका थिए ।

साभार:-नेपालीअनलाइनपत्रिका